लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-१५
- A
- A-
- A+
पर्सा, बिरगंज महानगरपालिका-१६ माईधिया पोखरी अगाडीबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १०२.०११ ग्राम सहित ३ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर, वर्ष १८ को आशिष कुँजुर र देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम रामबाग डाईबर टोल वडा नं.३० बस्ने वर्ष १९ आदित्य राज तिगा रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।