प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिभिन्न मिति र समयमा फेला परेको मोटरसाईकलहरु

२०७९-०१-१५

  • A
  • A-
  • A+
Share

   बिभिन्न मिति र समयमा चेकजाँचको क्रममा फेला परेको मोटरसाईकलहरु सम्बन्धित सवारी धनीज्यूहरूले आवश्यक कागजात सहित जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क गर्न हुन अनुरोध ।

निम्न:

सि.नं.

मोटरसाइकल नं.

च्यासिस नम्बर

इन्जिन नम्बर

कम्पनि

ग ५ प ६८२१

ME145S011A2031224

45S1036174

यामहा

बा २ प १३१३

MD2A11CY5LPH60269

DHYRCH61344

पल्सर

ग २ प २४६

MD2A13EY2JCC46496

DKYJC46009

पल्सर

ना १५ प ५७४३

MD2A11CY6JCF64418

DHYCJF68049

पल्सर

ना १४ प ३३०३

MD2DSPAZZSWH39866

JBMBSH41737

डिस्कभर

ना १२ प ११२२

ME4JC366K78052774

JC36E9113662

होण्डा साइन

ना २९ प १५७३

ME11PS058D2002782

IPS5002774

एफ जेड

ना ४१ प ८४६८

ME1RG0725G0210E4

G3C8E0320937

एफ जेड

ग ४ प २०१०

MDLHA10EJ8GA16648

HA10EA8GA11589

हिरो होण्डा

१०

ना १२ प ८७४०

MBLJA05EE99G06A74

JA05EA99G06868

सुपर स्पलेण्डर

११

ना २७ प ८६५२

MBLJA05EMF9B10867

JA05ECF981016

सुपर स्पलेण्डर

१२

BR05 A 9887

MBCHA10ASDHE29022

HA10ELDHE34091

स्पलेण्डर प्रो

१३

ना १२ प ८७१५

MBLHA10A6EHF33755

HA10ENEHF56765

पैसन प्रो.

१४

-

MBLHAR070JHA45513

HA13ELEHB1322

स्पलेण्डर

सम्बन्धित समाचार
लागु औषध सहित मानिस पक्राउ
२०८०-०२-२६

१.      सिरहा, मिति २०८०।०२।२५ गते अं. १८:४५ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ ON TEST Discover मो.सा.मा बिना हेमलेट सवार आईरहेकोमा ई.प्र.का. विष्णुपुर सिरहाको चेकप्वाईटमा रोकी चेकजाँच गर्दा मो.सा. चालक जिल्ला सिरहा विष्णुपुर गा.पा. ४ बस्ने अं. वर्ष २१ को रामबिर यादवको खल्तिबाट रु. १०० को नोटमा पोको पारी राखेको नाईट्रोभेट 10 लेखिएको  खुल्ला ट्याबलेट ६ पिस र मो.सा. को भाइजर भित्र लुकाई राखिएको गाँजा खाने चिलम १ थान फेला पारि ला.औ., मो.सा. सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का.विष्णुपुर सिरहामा राखिएको । २.      सिरहा, मिति २०८०।०२।२५ गते अं. १९:०० बजेको समयमा जिल्ला सिरहा सुखिपुर न.पा. ८ क्याम्पस चौक स्थितमा ई.प्र.का. सुखिपुर सिरहाबाट प्र.ना.नि.को कामाण्डमा खटिएको चेकिङ्ग टोलीले बरियारपट्टीबाट जिरोमाईल चल्ने यात्रु बाहक बसलाई चेकजाँच गर्दा सोही बसमा सवार जिल्ला सिरहा गोलबजार न.पा.१ बलडाडा टोल बस्ने जिवछ राम महराको छोरा अं. वर्ष २१ को धनिराम महरालाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट NITRAZEPAM TABLETS IP १ पत्ता १० पिस, BUPRENORPHINE INJECTION I.P. थान १, DIAZEPAM INJECTION I.P. थान १, PROMETHAZINE HYDROCHLORDE INJECTION I.P. थान १ ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी ई.प्र.का. महेशपुरपतार तर्फ पठाउने तयारी भईरहेको ।

फरार प्रतिवादी पक्राउ
२०८०-०२-२६

१.      रौतहट, मिति २०८०।०२।२५ गते अं. ११:०० बजेको समयमा जि.रौतहट गुजरा न.पा.६ खतवहियाटोल बस्ने किर्ते मुद्दाको फरार प्रतिवादी रजक अंसारीको छोरा बर्ष ६८ को जिकरुलाह अंसारी आफ्नै गाँउघरमा लुकिछिपि बसेको छ भन्ने गोप्य सुचना प्राप्त हुन साथ अ.प्र.पोस्ट छेदिचोक रौतहटबाट प्र.स.नि.को कमाण्डमा ऐ.११:१० बजेको समयमा टोली खटि गएको र ऐ.११:३० बजेको समयमा पुगी नियन्त्रणमा लिई ई.प्र.का.गरुडामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।२.      सिरहा, मिति २०८०।०२।२५ गते अं. ०८:३५ बजेको समयमा जिल्ला सिरहा धनगढीमाई न.पा. - ९ बस्ने  सदानन्द महतोको छोरा अं. बर्ष ३४ को रामलोचन महतोको नाममा सम्मानित सिरहा जिल्ला अदालत सिरहाबाट कुटपिट मुद्दामा  लगत न. ३३६५,३३६७  फैसला मिति २०७०/१०/०८  गते मा रु.२५०/- (दुई सय पचास रुपैयाँ मात्र) जरिवाना रहेको र निजको भाई अं. बर्ष ३० को प्रकाश महतोको नाममा सम्मानित सिरहा जिल्ला अदालत सिरहाबाट कुटपिट मुद्दाका लगत नं. ३३६३, फैसला मिति २०७०/१०/०८  गते मा रु.२५०/- (दुई  सय पचास रुपैयाँ मात्र) जरिवाना रहेको दुवै जना  फरार प्रतिवादीलाई ई.प्र.का. धनगढी सिरहाबाट प्र.ना. नि. ले बोलाई लागत कट्टा गराउनको लागि पत्र बुझाई जिल्ला अदालत सिरहा पठाईएको ।३.      सिरहा, मिति २०८०/०२/२५ गते अं. १४:०० बजेको समयमा जिल्ला सिरहा जिझौल गा.वि.स. वडा नं. ७  हाल बरियारपट्टी  गा.पा. वडा नं. ३ बस्ने जिल्ला सिरहा साविक गा.वि.स. महेशपुर प्र.ध. वडा नं.३ हाल ऐ. लक्ष्मिपुर पतारी गा.पा. ३ बस्ने राम अशिष साह तेली लागत नं. ३४३ मुद्दा कुटपिट, जरिवाना रु. ७३३/३४ रुपैँया र जिल्ला सिरहा झौल गा.वि.स. वडा नं. ७  हाल बरियारपट्टी  गा.पा. वडा नं. ३ बस्ने महेन्द्र यादव लागत नं. १४१९, मुद्दा लुटपिट, जरिवाना रू. ३३/७५ रुपैँया तोकेको फरार प्रतिवादीहरुलाई ई.प्र.का. महेशपुरपतार सिरहाबाट प्र.स.नि. को कमाण्डमा टोली खटि गई पक्राउ गरि ई.प्र.का. महेशपुरपतारमा ल्याइ जरिवाना कटाउनको लागि सम्मानित सिरहा जिल्ला अदालत सिरहामा पठाईएको । ४.      सिरहा, मिति २०८०।०२।२५ गते अं. १३:०० बजे जिल्ला सिरहा नवराजपुर गा.पा. २ बस्ने अं. बर्ष ५५ को जहुरी कामैत, ऐ.ऐ. बस्ने अं.बर्ष ४७ की बविता देवी कामैत, ऐ. गा.पा. ४ बस्ने अं.बर्ष ४० को सिकिन्द्र यादव, ऐ. गा.पा. ३ बस्ने अं.बर्ष ३७ की रामबती देवी सदाय र ऐ. गा.पा. ५ बस्ने अं.बर्ष ५३ को दोरिक यादवलाई विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई ई.प्र.का. झाझपट्टी सिरहाबाट प्र.स.नि. को कमाण्डमा खटिगएको टोलीले निजहरुकै घर वतनबाट पक्राउ गरि आवश्यक कार्वाही तथा लगत कट्टाको लागी सम्मानित सिरहा जिल्ला अदालत पठाएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०२-२५

१.      पर्सा, मिति २०८०।०२।२४ गते अं.०३:०० बजेको समयमा जिल्ला पर्सा पटेर्वा सुगौली गा.पा.वडा नं. १ गदीपानी गाँउ स्थितको पुर्व पट्टि रहेको धान खेतमा ई.प्र.का. पटेर्वा सुगौली बाट प्र.नि. को कमाण्डमा ४ जना र २ जनाको  सुराकी टोली २४:०० बजे देखि २ वटा फरक-फरक पोईन्टमा लुकी छिपि बसेकोमा दोस्रो पाईन्टमा ३ जना  ऐ.०३:०० बजेको समयमा जंगलबाट ३ जना मानिसहरु पैदल पिठिउँमा बोक्ने झोला र प्लाष्टिकको बोरा बोकी धान खेतको बाटोमा आईरहेको अवस्थामा तत्काल प्रहरीलाई देखी उक्त झोला र प्लाष्टिको बोरा छोडी फरार भएको उक्त बोराहरु बरामद गरी ऐ. ०४:०० बजे कार्यालयमा ल्याई नाप तौल गरी हेर्दा प्लाष्टिकले बेरेको माथिबाट प्लाष्टिको टेप लागाएको सानो-सानो ६ वटा पोका भित्र गाँजाको धुलो जास्तो देखिने पदार्थ ६ वटा पोका अं.९ के.जि. ४२० ग्राम, प्लाष्टिकले बेरेको बोरा सहितमा रहेको गाँजा जस्तो देखिने पदार्थ अं.१२ के.जि. ५४० ग्राम रहेको, कालो पिठिउँमा बोक्ने झोलामा ३ प्याकेट खोलेको चाउचाउ, ओड्ने प्लाष्टिक, गम्छा, लगाउने कपडा समेत बरामद भएको ।२.      बारा, मिति २०८०/०२/२४ गतेको अं. १२:४० बजेको समयमा जि.बारा परवानीपुर गा.पा.५ गण्डक चेक पोष्ट स्थितमा  ई.प्र.का. प्रसौनी बाराबाट प्र.ब.ह. को कमाण्डमा खटि गएको चेकिङ्ग टोलिले फेटाबाट विरगंज तर्फ जाँदै गरेको  ज ४ प ८८३५ नं. को मो.सा.लाई शंका लागी चेक जाँच गर्दा मो.सा. चालक जि.पर्सा बहुद्र न.पा. ४ बस्ने अं. वर्ष २७ को जियालाल यादव भन्ने दुखी: यादवले लगाएको पाईन्टको दाहिने खल्तीबाट codiwell सिरप थान-२, nitravet-10 (३० पिस) र spascore-von plus लेखिएको ट्याब्लेट ८ पिस गरी जम्मा ३८ पिस लागु औषध फेला परेको हुँदा, उक्त मो.सा. र लागु औषध सहित निज जियालाल यादव भन्ने दुखी: यादवलाई नियन्त्रणमा लिई ई.प्र.का. प्रसौनी बारामा ल्याई राखिएको थप अनुसन्धान कार्य भईरहेको । ३.      सिरहा, मिति २०८०।०२।२४ गते अं. १४:४५ बजेको समयमा जिल्ला सिरहा लहान न.पा. ३ मटियर्वा स्थित पोखरी डिलमा ला.औ. कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ई.प्र.का. लहान सिरहाबाट प्र.स.नि. को कमाण्डमा खटिएको गस्ती टोली ऐ. १४:५५ बजे पुगी पोखरी डिलमा बसिरहेको अवस्थामा जिल्ला सिरहा लहान न.पा. ३ बस्ने शत्रुधन साफीको छोरा अं. वर्ष २१ को महेश साफीलाई शंका लागी चेक जाँच गर्दा निजको दाहिने हातमा रहेको कालो प्लाष्टिकको झोला भित्र पोका पारी लुकाई छिपाई राखेको डाईजोपाम ३० एम्पुल, ब्युप्रोनोरफिम ३० एम्पुल र फेनारगन ३० एम्पुल जम्मा ९० एम्पुल ला.औ. फेला परेकोले ला.औ. सहित निज महेश साफीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहानमा ल्याई राखी थप अनुसन्धान कार्य भईरहेको ।

फरार प्रतिवादी पक्राउ
२०८०-०२-२४

१.      , मिति २०८०/२/२३ गते अं. १३: ३० बजेको समयमा  भएको कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी लागत नं. ९२३, लागत कसेको मिति २०६८/१२/३ र लागेको कैद ९ वर्ष ८ महिना भएको  जिल्ला बारा फेटा गा.पा. ६ पुरैनिया बस्ने आसमहम्द मुसलमानलाई  सि.प्र.चौ.छतवा बाट प्र.ह. को कमाण्ड खटि गएको टोलिले निजकै घरमा फेला पारी पक्राउ गरी जि.प्र.का. बारामा बुझाएको साथै जिल्ला बारा बारागढी गा.पा.वडा नं.०४ सुखि  टोल  बस्ने सखिचन महराको छोरा अं.वर्ष ३७ को धर्मराज महरा वैकिङ्ग कसुर मुद्दाका फैसला भएको  फरार प्रतिवादी (सजाय १ महिना ५ दिन कैद र रु. १७,००,०००/- जरिवाना) लाई निजकै घरबाट फेलापारी नियन्त्रणमा लिई सु.प्र.वेश लंगडा चोक बारामा ल्याई राखेको, उक्त स्थानमा जि.प्र.का बारा बाट प्र.क. २ जनाको टोली ऐ.११; ४५ बजे खटिई गएको र ऐ. १२;१५ बजे पुगेको र सु.प्र.वेश लंगडा चोक बाराबाट प्र.स.नि. को कमाण्डमा २ जनाको टोली ऐ.१२;१५ बजे खटी गएको र ऐ. १२;२५ बजे नियन्त्रमा लिएको ।२.      सर्लाही, मिति २०८०।२।२३ गते अं.१३:४५ बजेको समयमा जि.सर्लाही ईश्वरपुर न.पा.३ स्थित भक्तीपुरबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलिले फरार प्रतिवादीको खो.त गर्दै जाने क्रममा लागत नं.२४७७ कुटपिट मुद्दाको फरार प्रतिवादी ऐ.ऐ.३ बस्ने सुकदेब सहनीको छोरा बर्ष अं.५० को लक्ष्मी नारायण सहनी मलाहा र लागत नं.२८७७ कुटपिट मुद्दाको फरार प्रतिवादी निज सुकदेव सहनीको अर्को छोरा अं. बर्ष ५५ को पासपत सहनी मलाहालाई ऐ.१३;५५ बजेको समयमा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत मलंगवा सर्लाहीमा पठाएको ।  ३.      सर्लाही, मिति २०८०।०२।२३ गते अं. १२:३० बजेको समयमा जि.सर्लाही ब्रहम्पुरी गा.पा. ५ बस्ने वेचु पासवानको छोरा श्याम पासवान गाली वेईजती मुद्दाको फरार प्रतिवादीलाई निजकै घरबाट पक्राउ गरि नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का. सर्लाही पठाईएको । ४.      सिरहा, मिति २०८०।०२।२३ गते अं. १५;०० बजेको समयमा जिल्ला सिरहा धनगढीमाई न.पा. ९ मुसहर्निया टोल बस्ने सन्ते महराको छोरा वर्ष अं. ३८ को राजा राम महरा, सवारी ज्यान मुद्दाका लागत नं. ४६१९, जरिवाना रू. २,०००/- (दुई हजार) तोकिएका फरार प्रतिवादीलाई ई.प्र.का.धनगढी सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिगएको टोलीले पक्राउ गरि आवश्यक कार्वाहीको लागी सम्मानित जिल्ला अदालत कार्यालय सिरहा पठाईएको ।   ५.      सिहरा, मिति २०८०।०२।२३ गते अं. १८;१० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. ७ ट्राफिक चोक बस्ने राम सोभल यादवको छोरा वर्ष अं. २२ को रोशन कुमार यादव, चोरी मुद्दाका लागत नं. ५३७९, जरिवाना रू. २५,०००।- (पचिस हजार) र १७ दिन कैद तोकिएका फरार प्रतिवादीलाई जि.प्र.का.सिरहाबाट प्र.ह.को कमाण्डमा खटिगएको टोलीले पक्राउ गरि जि.प्र.का.सिरहामा ल्याई राखिएको । 

लागु औषध सहित मानिस नियन्त्रण
२०८०-०२-२४

पर्सा, मिति २०८०।०२।२३ गते अं. २१:०५ बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चौक स्थित प्रहरी चौकी ईनर्वा र लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय विरगंज पर्साको  संयुक्त टोलीले नेपाल भारत आवतजावत गर्ने सवारी साधन तथा मानिसहरु समेतको चेक जाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट नेपालको बिरगंज बजार तर्फ २ जना पुरुष मानिस पैदल यात्री जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.२३ बस्ने तेज वहादुर कुँवरको छोरा वर्ष ३१ को सागर विक्रम कुँवर र ऐ.ऐ.बस्ने जय कुमार विश्वकर्माको छोरा वर्ष ३८ को राजिव विश्वकर्मा  माथी शंका लागी चेकजाँच गर्दा निज सागर विक्रम कुँवरको साथबाट  लागु औषध PHENARGUN १५० एम्पुल, DIAZEPAM १५० एम्पुल र NOOPHIN१५० एम्पुल समेत गरी जम्मा ४५० (चार सय पचास) एम्पुल र निज राजिव विश्वकर्माको साथबाट लागु औषध PHENARGUN २८ एम्पुल, DIAZEPAM २८ एम्पुल र NOOPHIN २८ एम्पुल समेत गरी जम्मा ८४ (चौरासी) एम्पुल समेत फेला परेकोमा उक्त लागु औषध समेत निजहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी  व.प्र.का.विर्ता पर्सामा पठाईएको ।