बिल बिजक भन्दा फरक सामानहरू लोड रहेका १ वटा ट्रक नियन्त्रणमा
२०७९-०५-०१
- A
- A-
- A+
पर्सा, चामलको विल साथमा लिई राजश्व छली चोरी पैठारी गरी ल्याएका सुर्ति, चेरी पान मसाला र चैनी पान मसाला बोकेको सूचना प्राप्त भई जि. प्र. का. पर्साबाट खटिएको टोलीले मिति २०७९।०४।३० गते अं.२२:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.-२१ परवानीपुर चोक स्थित सडकखण्डमा ना.८ ख. ३४२६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा लोड रहेका चामलको विल मात्र साथमा रहेको र सुर्ति १६ बोरा, चैनी पान मसाला १४ बोरा तथा चेरी पान मसाला १० बोरा बिना प्रज्ञापन पत्रको देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू. ३८,६०,१००।– (अड्तिस लाख साठ्ठी हजार एक सय) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७९।०४।३१ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको