लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-०९
- A
- A-
- A+
बारा, फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित बारा जिल्ला अदालतको मिति २०७९/०३/०३ गतेको आदेशले लेनदेन मुद्दामा एक वर्ष एघार महिना कैद ठहर भई फरार रहेका जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं.५ बस्ने देवकी साह तेलीको छोरा भादोलाल साह तेलीलाई मिति २०७९/०५/०८ गते इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले निजलाई लागेको कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको ।