भारी मात्रामा (रू. ७८,२५,८६०।- बराबरको ) अवैध भन्सार चोरी निकासीका समान बरामद
२०७९-०५-०९
- A
- A-
- A+
धनुषा, मिति २०७९।०५।०८ गते अं. ०५;०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तीमा खटि गएको प्रहरी टोलीले जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. १ स्थितमा ज.१ च. ११५१ नं. को पिकप गाडीको चालक गस्तीमा खटि गएको प्रहरी टोलीलाई देखि गाडी छाडी फरार भएकोमा सो स्थानमा प्रहरी टोली गई पिकप गाडीलाई चेक जाँच गर्दा भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याएका अं. मुल्य रु. ७३,४२,७००/- बराबरको विभिन्न किसिमको लत्ताकपडा लगायतका सर-समानहरू, ऐ. ०९;३० बजेको समयमा जिल्ला धनुषा ज.उ.म.न.पा. वडा नं. १३ स्थितबाट ज.३ प. ७८५० नं. को मो.सा. मा लोड गरी ल्याएका विभिन्न किसिमको किराना सामानहरू अं. मुल्य रू. १,११,६६०/- बराबरको र ऐ. १५;१९ बजेको समयमा ज.उ.म.न.पा. १८ स्थितबाट BR32AF 3789 नं. को मो.सा. मा लोड गरि ल्याएका अं. मुल्य रू. ३,७१,५००।- बराबरको मोबाईलका डिस्प्ले लगायतका सरसमानहरू गरी जम्मा रू. ७८,२५,८६०।- बराबरका समानहरू रित पुर्वक बरामद गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको ।