प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध घरेलु मदिरा भट्टी सहित अं. १ हजार लीटर तयारी र अं. ६ हजार लीटर कच्चा पदार्थ नष्ट

२०७९-०५-१५

  • A
  • A-
  • A+
Share

बारा, अपराधिक गतिविधि न्यूनिकरण गर्न, घरेलु हिंसा, सवारी दुर्घटना लगायत घटनाहरू न्यूनिकरण गर्दै अगामी निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने कार्यक्रम अन्तरगत जिल्लामा भएका अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नियन्त्रण तथा नष्ट गर्ने अभियान अन्तरगत मिति २०७९।०५।१३ गते अ.१८:१० बजेको समयमा इ.प्र.का.बारागढी बाराबाट प्र.नि.सहित ९ जनाको प्रहरी टोलीले जिल्ला बारा आदर्श कोतवाल गाउँपालिका वडा नं.६ पटेर्वा स्थित संजिप जैसवालले अवैध मदिरा भट्टी संचालन गरी रहेको विशेष सूचनाको आधारमा स्थानिय प्रतिनिधिहरूको रोहवरमा कार्वाही गर्दा अस्वस्थकर र न्यूनगुणस्तरका रक्सी उत्पादन गर्न प्लाष्टिकको ड्रममा कच्चा पदार्थ लुकाई छिपाई भण्डारण र संचालन गरिरहेका १ वटा अवैध भट्टी नष्ट गरिएको, सो क्रममा अवैध तयारी मदिरा अं.१,००० लीटर, मदिरा बनाउन प्रयोग गरिने अं. ६,००० लीटर कच्चा पदार्थ र रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन, ठुलो मात्रामा भडाकुडा तथा ७ वटा गुडको बोरा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बारागढी बारामा राखी थप अनुसन्धान अगाडी बढाइएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-०७

१.      पर्सा, मिति२०८१।०१।०६ गते अं.२०:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.१६ रजत जयन्ती चोक स्थित व.प्र.का.बिर्ता पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले भारत रक्सौलबाट नेपाल बिरगंज तर्फ आउँदै गरेको स. १० प ९४७५ नं. को 150 CC को रातो पल्सर मो.सा. रोकि चेकजाँच गर्दा उक्त मो.सा. को फिल्टरमा राखि लुकाई छिपाई ल्याएको अवस्थामा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पर्दाथ ६ वटा प्लाष्टिकको पुरियामा प्लाष्टिक हटाई तौल गर्दा १ ग्राम ५०० मिलिग्राम फेलापारी मो.सा. चालक देश भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी जिल्ला रामगठवा थाना निरीगिर वडा नं. १४ बस्ने अब्दुलाह मियाको छोरा बर्ष २४ को हैदर अली र उक्त मो.सा. समेतलाई नियन्त्रणमा लिई व.प्र.का.बिर्तामा थप अनुसन्धान कार्य भईरहेको छ । 

फरार प्रतिबादि पक्राउ
२०८१-०१-०७

१.      सिरहा, मिति २०८१।०१।०६ गते अं. १०:१० बजेको समयमा जिल्ला सिराहा भगवानपुर गा.पा. २ नरहा रिगोल स्थित अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहाबाट खटिएको प्रहरी गस्ति टोलिले सम्मानित जिल्ला अदालत सिरहाको लागत नं.१७७१ ,फैसला मिति २०५७।०९।१९ गतेको, जरिबाना रु.५००।-, कुटपिट मुद्दाका फरार प्रतिबादि ऐ.ऐ. बस्ने श्री पाण्डब यादबको छोरा अं. बर्ष ४५ को जामुन यादबलाई निजको घरबाट पक्राउ गरी  सम्मानित जिल्ला अदालत सिरहामा लागत कट्टा गर्नको लागि पठाईएको ।२.      सिरहा, मिति २०८१।०१।०६ गते अं. १७:०० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. १७ स्थित इ.प्र.का.माडर सिरहाबाट खटिएको गस्ति टोलिले सम्मानित जिल्ला अदालत सिरहाको लागत नं.३३५१, जरिबाना रु.२२००।-, कैद १ बर्ष  भएको कुटपिट मुद्दाका फरार प्रतिबादि ऐ.ऐ. बस्ने झोली बनरैतको छोरा अं.बर्ष ४८ को बिष्णु देव बनरैतलाई निजको घरबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का. सिरहामा बुझाएको ।३.      सिरहा, मिति २०८१।०१।०६ गते अं.१५:०० बजेको समयमा जिल्ला सिरहा मिर्चैया न.पा.६ जिबा टोल स्थितमा इ.प्र.का.मिर्चैया सिरहा बाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सिरहा जिल्ला अदालतको फैसला मिति २०७७।०८।०९ गतेको लागत नं.७०२३ सवारी ज्यान मुद्दामा २० दिन कैद र रु.२००० ।- जरीवाना तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा मिर्चैया न.पा.६ बस्ने धैर्यनारायण झा को छोरा अं.बर्ष ५५ को अशोक कुमार झा लाई निजकै गाँउ घरबाट फेलापारी नियन्त्रणमा निई इ.प्र.का.मिर्चैया सिरहामा ल्याई राखिएको । ४.      सिरहा, मिति २०८१।०१।०६ गते अं.१५;१० बजेको समयमा जिल्ला सिरहा मिर्चैया न.पा.५ पुरानो बाजार  स्थितमा इ.प्र.का.मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सिरहा जिल्ला अदालतको फैसला मिति २०७९।०९।२१ गतेको लागत नं.७५९९ अभद्र व्यावहार मुद्दामा १ महिना कैद र रु.१००० ।- जरीवाना तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा मिर्चैया न.पा.५ पुरानो बजार बस्ने तसलिम हुसेनको छोरा अं.बर्ष २३ को फैशन हुसेनलाई निजकै गाँउ घरबाट फेलापारी नियन्त्रणमा लिई इ.प्र.का.मिर्चैयामा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-०६

१.      पर्सा, मिति २०८१।०१।०५ गते अं.२३:५० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा.-८ घण्टाघर स्थितमा जि.प्र.का.पर्साबाट खटिएको सुचना संकलन टोलीले जि.पर्सा बिरगंज म.न.पा.-१५ बसपार्क बस्ने लक्ष्मण लामाको छोरा वर्ष २१ को बिनोद लामा र जि.पर्सा पर्सागढी न.पा.-३ बस्ने बाजे चौधरीको छोरा वर्ष २४ को बिक्की चौधरीको शरिर खानतलासी गर्दा ला.औ.TROHMA-50 ट्याबलेट १३० पतामा (प्रति पता १० पिस) १३०० पिस फेला पारी निज दुबै जनालाई ला.औ.सहित नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।२.      बारा, मिति २०८०।०१।०६ गते अं.०१:३० बजेको समयमा जिल्ला बारा पचरौता न.पा. ४ स्थित ईनर्वामा अबैध लागु औषध गाँजाको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का.सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा शंकास्पद रुपमा हातमा ४ वटा जुटको बोरा बोकि हिडडुल गरिरहेको अवस्थामा जि.रौतहट फतुवा बिजयपुर न.पा. ४ टेग्राहा बस्ने किशोरी हजराको छोरा अं. वर्ष २३ को चन्दन पासवानलाई नियन्त्रणमा लिन खोज्दा निज चन्दन पासवान सो स्थानबाट भाग्न खोजेकोले खटिएको प्रहरी टोलीले सानो हतियारबाट १ राउण्ड हवाई फायर गरी निज चन्दन पासवानलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले सोही स्थानको बाटोको कलभर्ट मुनि खाली जमिनमा लागु औषध गाँजा लुकाई रहेको र सो गाँजा लिन बोरा लिएर आएको भनी बताएको उक्त स्थानमा प्लाष्टिकमा बेरिएको अवस्थामा अबैध ला.औ. गाँजा २३० केजी (१५ पोका)  राखिएको अवस्थामा फेला पारी उक्त ला. औ. गाँजा सहित इ.प्र.का.सिम्रौनगढ बारामा ल्याई अनुसन्धान भई रहेको ।३.      महोत्तरी, मिति२०८१।०१।०५ गते अ.१९:१५ बजेको समयमा जि. महोत्तरी बर्दिबास न.पा.१ जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि पुर्ब पश्चिम लोकमार्गमा इ.प्र.का.बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी टोलीले चेकिङ गर्दा र मधेश प्रदेश प्रहरी कार्यलय जनकपुरबाट खटिएको बिशेष टोलिको संयुक्त चेकिङ टोलिले चेकजाँचको क्रममा पुर्ब बाट पश्चिम तर्फ आउदै गरेको बा.७७ प.५८५३ न.को मो.सा.लाई चेकजाँच गर्ने क्रममा मो.सा.चालक जिल्ला सिन्धुली कमलामाई न.पा.७ बस्ने डिल्लिराम सुनुवारको छोरा अ.बर्ष २७ को निसाज सुनुवारको बाँया हातको ज्याकेटको बाहुला भित्र नाडिमा कालो रङको प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अबस्थामा तत्कालको तौल ९ ग्राम,९४० मिलिग्राम (प्लाष्टिक सहित) खैरो हिरोइन जस्तो देखिने पदार्थ,मोवाइल जस्तो देखिने हाते डिजिटल सानो तराजु (सिल्भर रङको) थान-१,नगद रु.७०३०(सात हजार तिस) र उक्त मो.सा.नियन्त्रणमा लिई आबश्यक कारबाहिको लागि इ.प्र.का.बर्दिबासमा ल्याई अनुसन्धान कार्य भईरहेको ।४.      धनुषा, मिति २०८१/०१/०५ गते अं.१९:३० बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.८ बजरंग चोक स्थितमा ऐ.ऐ.६ बस्ने रियाज दर्जीको छोरा अं.वर्ष २१ को फायाज दर्जीको मोवाईल चोरी भएको विषयमा प्रहरी चौकी जनकपुरधाम,धनुषाबाट खटिएको प्रहरी टोलीले जिल्ला धनुषा जनकपुर उ.म.न.पा.६ बस्ने मनोज साहको छोरा अं.वर्ष २० को राज साह र  ऐ.ऐ.औरही गा.पा.४ बस्ने अवुल नदाफको छोरा अं.वर्ष २१ को कलाम नदाफलाई नियन्त्रणमा लिई प्रहरी चौकी जनकपुरधाम, धनुषामा ल्याई चेक जाँच गर्दा चोरीको मोवाईल थान १ र Nitravet-10 tablate थान ६ सहित जि.प्र.का.धनुषामा थप अनुसन्धान कार्य भईरहेको ५.      सिरहा, मिति २०८१।०१।०५ गते अं.२१:१५ बजेको समयमा जिल्ला सिरहा गोलबजार न.पा.६ गुम्बा चोक स्थित गोलचोकबाट गुम्बा चोकमा स.५ प ४३९२ नं.को मो.सा.मा आई ऐ.स्थितमा रहेको किराना पसल अगाडी मो.सा.रोकी चुरोट खाईरहेको अवस्थामा इ.प्र.का.गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले शंका लागी चेकजाँच गर्दा मो.सा.चालक ऐ.ऐ.११ बलकवा टोल बस्ने बेचु यादवको छोरा अं.बर्ष २८ को दिपेन्द्र कुमार यादव र सोही मो.सा.पछाडी सवार ऐ.११ बलकवा टोल बस्ने नईम मियाको छोरा अं.बर्ष २० को फैसल खानलाई चेक जाँच गर्दा निज पैसल खानको जिन्स पाईन्टको पछाडीको गोजीमा कालो प्लास्टिकको झोलामा बेरी राखिएको अवस्थामा ला.औ.नाईट्रोभेट १० ट्याबलेट एक पातामा ३० पिसको दरले १० पता,३०० पिस ट्याबलेट फेला परेको हुदा  निज दुबै जनालाई उक्त लागु औषध र मो.सा. सहित पक्राउ गरी नियन्त्रणमा लिई इ.प्र.का.गोलबजार सिरहामा ल्याई अनुसन्धान कार्य भईरहेको । ६.      सप्तरी, मिति २०८१।०१।०५ गते अं. १७:०० बजेको समयमा जि. सप्तरी तिरहुत गा.पा. १ त्रिकोल टोल स्थितमा ऐ.ऐ. ३ पिपराही टोल बस्ने स्वः शिव चन्द्र यादवको छोरा अं. बर्ष २२ को रोशन यादवसंग लागु औषध छ भनि बिशेष सुचनाको आधारमा अ.प्र.पोष्ट त्रिकोल बाट टोलि खटि गई चेक जाँच गर्दा नाईट्रोफेट- केन ८ (आठ) पिस ट्याब्लेट र अं. २ ग्राम गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई ई.प्र.का. कंचनपुर सप्तरीमा जानकारी गराउना साथ ईप्रका कंचनपुर बाट प्रहरी अधिकृतको टोलि खटि गएको निजलाई ई.प्र.का कंचनपुर सप्तरीमा ल्याई राखिएको थप अनुसन्धान कार्य भईरहेको ।

फरार प्रतिवादी नियन्त्रणमा
२०८१-०१-०६

१.      धनुषा, मिति २०८१/०१/०५ गते अं.१५:४० बजेको समयमा जि.प्र.का.धनुषाको च.नं.९२५० र इ.प्र.का.केशरगंज,सर्लाहीको च.नं.१९६३ आदेशानुसार बहुविवाह सम्बन्धि मुद्दाका फरार प्रतिवादी जिल्ला सर्लाही ईश्वरपुर न.पा.१३ बस्ने बद्रि महतोको छोरा अं.वर्ष ३२ को बिरेन्द्र महतोलाई प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरी टोलिले खो.त.गर्दै जाने क्रममा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-७ माछाबजार बाट फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.केशरगंज,सर्लाहीबाट खटि आएको टोलिको जिम्मा लगाई पठाईएको ।२.      धनुषा, मिति २०८१/०१/०५ गते अं.१०:५० बजेको समयमा अभद्र ब्यवहार सम्बन्धि चालु मुद्दाका फरार प्रतिवादी जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-१४ मुजेलिया बस्ने हरि राउतको छोरा अं.वर्ष ३५ को सुरेन्द्र राउतलाई व.प्र.का.मुजेलियाबाट खटिएको प्रहरी टोलिले खो.त.गर्दै जाने क्रममा ऐ.ऐ.९ संकटमोचन मन्दिर स्थितबाट फेला पारि नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.धनुषामा पठाईएको । ३.      सिरहा, मिति २०८१।१।०५ गते अं.०६:३० बजेको समयमा जिल्ला सिरहा गोलबजार न.पा.४ शिव मन्दिर स्थितमा इ.प्र.का.गोलबजार सिरहा,बाट खटिएको टोलीले जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरको च.नं. १६३२४ मिति २०८०।१२।२८ गतेको पत्र आदेशाअनुसार ठगी सम्बन्धी कसुर मुद्दामा वारदात पश्चात भागि फरार रहेका प्रतिबादी जिल्ला सर्लाही मलंगवा नगरपालिका वडा नं.१० स्थायी वतन भई हाल जिल्ला ललितपुर वडा नं.१४ ताल्छिखेल बसी तत्काल जिल्ला सिरहा गोलबजार न.पा.४ शिव मंदिर स्थितमा डेरा लिई बस्दै आएको सुकदेव महतोको छोरा अं.बर्ष ४५ को बिकेश महतोलाई पक्राउ गरी इ.प्र.का.गोलबजार सिरहामा ल्याई  फरार प्रतिवादी बिकेश महतोलाई जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाएको । 

बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रक नियन्त्रणमा
२०८१-०१-०३

१.      पर्सा, मिति २०८१।०१।०२ गते २२:१० बजे राती बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघरचोक स्थित सडकखण्डमा ना.३ ख ५१६५ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.५८,४६,२४१।– ( अन्ठाउन्न लाख छयालीस हजार दुई सय एकचालीस ) बराबरको औषधी तथा खुद्रा सामानहरु नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-०३

१.      पर्सा, मिति २०८१/०१/०२ गते अं.२१:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६  रजत जयन्ती चोक स्थितमा प्रहरी चौकी ईनरवा पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट बिरगंज बजार तर्फ पैदल आउदै गरेको २ जना पुरुष मानिसको शरीर चेक जाँच तथा खानतलाशी गर्दा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.२० बस्ने मोहन मण्डलको छोरा अ.बर्ष १९ को उमेश मण्डलले लगाएको जिन्स पाईन्टको अगाडीको दाहिने पाकेटबाट लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट ६ पिस, PHENARGAN ईन्जेक्शन १ एम्पुल, DIAZEPAM ईन्जेक्शन १ एम्पुल, NOOPHIN ईन्जेक्शन १ एम्पुल  र जिल्ला बारा निजगढ न.पा.वडा नं.८ बस्ने श्रीराम परियारको छोरा अं.बर्ष २४ को प्रिन्स परियारले  लगाएको जिन्स पाईन्टको अगाडीको बायाँ तर्फको खल्तीबाट लागू औषध PHENARGAN ईन्जेक्शन ३ एम्पुल, DIAZEPAM ईन्जेक्शन ३ एम्पुल, NOOPHIN ईन्जेक्शन ३ एम्पुल फेला परेकोमा उक्त लागू औषध सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का.बिर्तामा पठाईएको ।२.      पर्सा, मिति २०८१/०१/०२ गते अं.२२:४० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६  रजत ज्यन्ती चोक स्थितमा प्रहरी चौकी ईनरवा पर्साबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बिरगंज बजार तर्फ पैदल आउदै गरेको २ जना पुरुष मानिसहरुको शरीर चेक जाँच तथा खानतलाशी गर्दा जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.२ बस्ने राजु श्रेष्ठको छोरा बर्ष २१ को सुगम श्रेष्ठले लगाएको हाप पाईन्टको दाहिने खल्तीबाट लागू औषध PHENARGAN ईन्जेक्शन ५ एम्पुल, DIAZEPAM ईन्जेक्शन ५ एम्पुल, NOOPHIN ईन्जेक्शन ५ एम्पुल र जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं.१४ बस्ने दल बहादुर नेगीको छोरा अं.बर्ष २८ को दिनेश नेगीले  लगाएको पेन्टी भित्र मलद्वार नजिक कागजमा बेरिई लुकाई छिपाई राखेको लागू औषध खैरौ हिरोईन जस्तो देखिने पदार्थ कागज सहित १९० मिली ग्राम फेला परेकोमा उक्त लागू औषध सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का.बिर्तामा पठाईएको ।३.      पर्सा, मिति २०८१/०१/०२ गते अं.२२:१० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६  रजतज्यन्ती चोक स्थितमा प्रहरी चौकी ईनरवा पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट बिरगंज बजार तर्फ १ जना पुरुष ब्यक्तिले प्रदेश ३-०२-००४ प.९५७१ नं.को मो.सा. चलाई आउदै गरेको अवस्थामा उक्त मो.सा. लाई रोकी चेकजाँच गर्दा मो.सा. चालक जिल्ला भक्तपुर ठिमी न.पा.वडा नं.७ बस्ने तुईकाजी वाडेको छोरा अं.बर्ष २७ को सागर बाडेको शरीर चेक जाँच एवँ खानतलाशी गर्दा दाहिने खुट्टामा लगाएको जुता भित्र लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट १५ पिस ट्यब्लेट फेला परेकोमा उक्त लागू औषध र मो.सा. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का.बिर्तामा पठाईएको । ४.      सिरहा, मिति २०८१।०१।०२ गते अं.११:१५ बजेको समयमा जिल्ला सिरहा सखुवानन्कारकट्टि गा.पा. ५ महेशबारी चोक स्थित लहान ठाडि सडक खण्डमा इ.प्र.का.महेशबारीबाट खटिएको प्रहरी चेकिङ टोलिले भगवानपुरबाट लहान तर्फ आउदै गरेको बा ८९ प ६०२२ नं.को मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्दा मो.सा. चालक जिल्ला सप्तरी खडक न.पा. ८ बस्ने बच्चाई सरदारको छोरा अं. बर्ष ३९ को पशुपति सरदारले लगाएको पाईन्टको गोजीबाट प्लाष्टिक सहित ५४० मिलि ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ ला.औ. फेला परेकोले निजलाई मो.सा. र ला.औ. सहित नियन्त्रणमा लिई इ.प्र.का.महेशबारीमा ल्याई राखिएको ।