प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रू. १४,७१,०००।- बराबरको अवैध भन्सार चोरी निकासीका समान बरामद

२०७९-०५-१६

  • A
  • A-
  • A+
Share

धनुषा, मिति २०७९।०५।१५ गते  अं. १५;०० बजेको समयमा खटि गएको प्रहरी टोलीले जिल्ला धनुषा हंसपुर नगरपालिका वडा नं. ०५ स्थितमा भरतबाट अवैध रूपमा भन्सार छलि चोरी पैठारी गरी प्रदेश २-०२-००४ प. ६५४१ नं. को मोटरसाईकलमा (अं. मुल्य रु. १,५१,०००/-) बराबरको विभिन्न किसिमको किराना समानहरू ल्याई राखेको अवस्थामा नियन्त्रणमा लिई  रित पुर्वक बरामद गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको ।

त्यसैगरी मिति २०७९।०५।१४ गते अं. १९;०० बजेको समयमा ईलाका प्रहरी कार्यालय खजुरी धनुषाबाट गस्तिमा खटि गएको टोलीले जिल्ला धनुषा विदेह न.पा. वडा नं. १ स्थितमा नं. प्लेट उल्लेख नभएको मोटरसाईकलमा लोड गरि (अं. मुल्य रु. १,२०,०००/-) बराबरको विभिन्न किसिमको किराना समानहरू ल्याई राखेको अवस्थामा नियन्त्रणमा लिई  रित पुर्वक बरामद गरि आवश्यक कार्वाहीको भन्सार कार्यालय जनकपुरमा पठाईएको ।

त्यसैगरी मिति २०७९।०५।१४ गते अं. ०८;०० बजेको समयमा ईलाका प्रहरी कार्यालय खजुरी धनुषाबाट गस्तिमा खटि गएको टोलीले जिल्ला धनुषा कमला नगरपालिका वडा नं. २ माची स्थित सडक छेउमा भन्सार छली ध. १ ख. ४४ नं. को चेचिस नं. MC223EFR291181590, इन्जिन नं. E483ND9D205289 रहेको बसलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया पुरा गरि (अं. मुल्य रू. १२,००,०००।-) बराबरको समान आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको । 

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-१४

१.      पर्सा, मिति २०८०।११।१३ गते अं.१७:०० बजेको समयमा जि.पर्सा बि.म.न.पा. १४ गण्डक चोक स्थितमा प्र.चौ. गण्डकबाट खटिएको प्रहरी चेकिङ टोलिले बिरगंजबाट सिमरातर्फ पैदल जादै गरेको जि.पर्सा बिरगंज म.न.पा.२८ बगही बस्ने कुनेर दुबेदीको छोरा वर्ष १९ को अनिकेत दुबेदी माथि शंका लागि चेकजाँच गर्ने क्रममा निजको पर्सबाट ला.औ. नाईट्रोभेट ट्याब्लेट ६ पिस र नाईट्रोजेपाम ट्याब्लेट १० पिस फेला परेकोले थप अनुसनधान तथा कारबाहिको लागि उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का. श्रीपुर पर्सामा पठाईएको ।२.      सर्लाही, मिति २०८०।११।१३ गते २०:१० बजेको समयमा जि.सर्लाही हरिवन न.पा. १० बस्ने वर्ष ५५ को कुलध्वज घिसिङ र निजको श्रीमती वर्ष ५३ की फुलमायाँ घिसिङले आफ्नै घरमा संचालन गरेको किराना पसलमा ला.औ. गाँजा बिक्री बितरण गरिरहेको भन्ने विशेष सुचनाको आधारमा  ई.प्र.का. हरिवनबाट  खटिएको प्रहरी टोलीले उक्त पसलमा खानतलासी गर्दा कागजको ४३ वटा पुरिया र प्लाष्टिकको ३ वटा पोकामा लुकाई छिपाई राखेको ला.औ. गाँजा (कागज प्लाष्टिक सहित ४१७ ग्राम र कागज  प्लाष्टिक बाहेक ३३५ ग्राम) र नगद रु. ३,७९,३२५/- (तीन लाख उनासी हजार तीन सय पच्चिस) फेला परेकोले उक्त ला.औ. सहित निज फुलमायाँ घिसिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।३.      सर्लाही, मिति २०८०।११।१३ गते २१:५० बजेको समयमा जि. सर्लाही बागमती न.पा. १२ बथाने स्कुल अगाडी भित्री सडक खण्डमा ई.प्र.का. कर्मैयाबाट खटिएको गस्ती टोलीले पुतली चोकबाट बथाने तर्फ जाँदै गरेको प्रदेश २-०४-००१ प ९५६२ नं.को २२० सि.सि.को रातो कालो रंगको पल्सर मो.सा.मा सवार ३ जनालाई रोकी चेकजाँच गर्ने क्रममा सवार मध्येका एक जनाले पछाडी बोकेको झोला फाली फरार भएको र दुई जना जि. सर्लाही बागमती न.पा. १२ बथाने नयाँ बस्ती बस्ने चमार सिंह घिसिङको छोरा वर्ष १९ को निशान घिसिङ, जि. सिन्धुली हरिहरपुरगढी गा.पा. ६ बस्ने दुर्गा बहादुर मोक्तानको छोरा वर्ष १८ को मानव मोक्तानलाई नियन्त्रणमा लिई उक्त झोला खोली हेर्दा रातो प्लाष्टिकमा ५ के.जी. २१० ग्राम ला.औ. गाँजा रहेकोले निजहरुलाई गाँजा र मो.सा. सहित नियन्त्रणमा लिई ई.प्र.का. कर्मैयामा ल्याई उक्त गाँजा को कसको हो भनी सोधपुछ गर्दा नाम,थर,वतन खुल्न आएका मानिसलाई खोजतलास गर्ने क्रममा ऐ.ऐ. ११ पुतली चोक स्थितबाट जि. सिन्धुली हरिहरपुरगढी गा.पा. ४ बस्ने आशमान लामाको छोरा वर्ष १९ को रुपेश लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । ४.      सर्लाही, मिति २०८०।११।१४ गते अं.१३:४५ बजेको समयमा जि. सर्लाही मलंगवा न.पा. ८ स्थित कार्यालय अगाडी खटिएको प्रहरी चेकिङ टोलीले भारतको सोनवर्षाबाट मलंगवा तर्फ पैदल आउँदै गरेको जि. सर्लाही हरिवन न.पा.४ बस्ने मजिम शेखको छोरा बर्ष २५ को अजमत शेखलाई शंका लागी शरीर खानतलासी गर्दा निजले लगाएको जिन्स पाईन्टको पछाडी पट्टीको दाहिने खल्तीभित्र लुकाई छिपाई राखेको ला.औ. CODEDYL-T 100ml को २ बोत्तल, NITRAVATE-10 ४ पिस ट्याब्लेट, SMON+ ४ पिस ट्याब्लेट फेला पारी निजलाई ला.औ.सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जि.प्र.का. सर्लाही पठाईएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-१३

१.      पर्सा, मिति२०८०।११।१२ गते अं. १०:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १९ तिलावे पुल स्थितमा अस्थाई प्रहरी पोष्ट बिन्दबासिनीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा साईकल यात्री जि.पर्सा बहुदरमाई न.पा. ९ बिश्रामपुर बस्ने बर्ष ५५ को मोखु रावत कुर्मीले शरीरमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको ला.औ. गाँजा ११०० (एघार सय) ग्राम फेला परेको हुँदा निजलाई ला.औ. र साईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.पर्सा तर्फ पठाईएको । २.      पर्सा, मिति २०८०/११/१२ गते १८:४५ बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १६ रजतज्यन्ती चोक स्थित प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेको पैदल यात्री जि. कास्की पोखरा म.न.पा. १४ चाउहो बस्ने रुम बहादुरको छोरा बर्ष ३३ को केशव जि.सी. लाई चेक जाँच गर्दा निजले लगाएको कालो खैरो रंगको ट्राउजरको अगाडि दाहिने पाकेटमा ईन्जेक्सन: डाईजोपाम- ९ एम्पुल, फेनारगन- ९ एम्पुल र नुरफिन-९ एम्पुल लागु औषध फेला पारेकोले निजलाई लागु औषध सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी वडा प्रहरी कार्यालय विर्तामा पठाइएको । रौतहट, मिति २०८०।११।१२ गते अं. १४:०० बजेको समयमा जि.प्र.का. रौतहट तथा प्रहरी चौकी हरिनगर रौतहटबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जि. रौतहट गुजरा न. पा. ४ लाल बकैया खोला वाँध स्थितमा चेकजाँच गर्ने क्रममा जि. बारा करैयामाई गा.पा. १ हरैया टोल बस्ने बर्ष ३५ को हबिब अंसारीले पिठ्युमा बोकेको ब्यागमा लागु औषध गाँजा ४ के.जी. फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लक्ष्मिनियाँ बिजयपुरमा बुझाईएको । 

अपराधिक कार्यमा संलग्न २ जना प्रहरी कर्मचारी पक्राउ
२०८०-११-१३

मिति २०८०।११।०८ गते अं. १६:०० बजेको समयमा जि.महोत्तरी महोत्तरी गा.पा. ५ घर भई हाल जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत बर्ष ३४ को प्र.स.ह. दिपेन्द्र कुमार राज र जिल्ला सुनसरी देवानगंज गा.पा. वडा नं.२ घर भई हाल जि.प्र.का. धनुषामा कार्यरत बर्ष २१ को प्र.ज. रोशन कुमार यादबले आपराधिक लाभ लिने नियतले पीडितबाट बिभिन्न कम्पनीको मोबाईल थान-३१ लिई उक्त मोबाईलहरु फिर्ता गर्न भनी नगद रू. २ लाख लिई मोबाईल समेत फिर्ता नगरी आफैसँग राखेको भन्ने जानकारी यस मधेश प्रदेश प्रहरी कार्यालयमा प्राप्त हुन आए पश्चात मिति २०८०।११।११ गते जिल्ला धनुषा जनकपुरधाम उ.म.न.पा.७ स्थितमा रहेको अन्जनी माई कुट्टीको उत्तर तर्फ रहेको पोखरीको डिलको तल झाडीमा सानो रातो रंगको ब्याग भित्र निजहरुले लुकाई छिपाई राखेका बिभिन्न कम्पनिको मोबाईल थान-३१ र पीडितबाट लिएको नगद रु. २ लाख मध्येबाट रु. ९५,०००।- निजहरुकै रोहबरमा बरामद गरी दुबै जनालाई कानुन बमोजिम पक्राउ गरी बरामद भएको दशि सहित पीडितको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषामा अपराधिक विश्वाशघात र अपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी आज मिति २०८०।११।१३ गते सम्मानित जिल्ला अदालत धनुषाबाट अनुसन्धानका लागि मिति २०८०।११।११ गतेबाट लागु हुने गरी दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको ।  

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-११

 १.      पर्सा, मिति २०८०/११/१० गते २१:१० बजेको समयमा जि. पर्सा बि.म.न.पा. २१ हनुमानचौक स्थित प्र.चौ. परवानीपुरबाट खटिएको प्रहरी चेकिङ टोलिले  बिरगंजबाट भरतपुर तर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००२ प २६२९ नं को स्कुटरलाई रोकी चेक जाँच गर्दा स्कुटर चालक जि. चितवन भरतपुर म.न.पा. ८ बस्ने नन्दलाल भट्टको छोरा बर्ष ३०को मन्दिप भट्टको साथबाट ला.औ. नुर्फिम १३ एम्पुल, फेनार्गन १३ एम्पुल, डाईजोपाम १३ एम्पुल, गरी जम्मा ३९ एम्पुल र २ थान सिरिन्च फेला परेकोमा उक्त ला.औ. सहित स्कुटर, स्कुटर चालक र स्कुटरको पछाडी सवार जि. तनहुँ सुक्लागंज गण्डकी न.पा. ६ बस्ने गोपाल प्रसाद अर्यालको छोरा बर्ष २८को मिलन अर्याललाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि व.प्र.का. श्रीपुर पर्सामा पठाईएको । २.      सप्तरी, मिति २०८०।११।१० गते २०:३० बजेको समयमा जि.सप्तरी खड्क न.पा.३ बनरझुला टोल बस्ने वर्ष ६० को तारा प्रसाद चौधरीले आफ्नै घरमा लुकी छुपि ला.औ. गाँजा बेचिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा अ.प्र.पोष्ट खरचुहिया सप्तरी र ई.प्र.का. कडरबोनाबाट खटिएको संयुक्त प्रहरी टोलिले निजकै सुत्ने कोठाबाट अं. ४०० ग्राम गाँजा बरामद गरी उक्त ला.औ. सहित निजलाई नियन्त्रणमामा लिई आवश्यक अनुसन्धानको लागि ई.प्र.का. कडरबोना सप्तरीमा बुझाईएको ।