भन्सार प्रज्ञापनपत्रमा उल्लेखित परिमाण भन्दा बढी सामान बोकेको ट्रक नियन्त्रण
२०७९-०५-१७
- A
- A-
- A+
पर्सा, बिल विजक भन्दा बढी
चक्लेट
बोकेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले मिति
२०७९।०५।१५ गते १९:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२४ स्थित
सडकखण्डमा PB13BA0247 नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच
गर्ने क्रममा प्रज्ञापनपत्रमा उल्लेख गरेको भन्दा बढी परिमाणका चक्लेटहरू साथै फरक
किसिमका चक्लेटहरू समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू.
५०,००,०००।-
( पचास लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय
पथलैया, बारामा बुझाइएको ।