सात लाख रकमसहित हुण्डी कारोबार गर्ने १ जना मानिस पक्राउ
२०७९-०५-१९
- A
- A-
- A+
पर्सा, विषेश सूचनाको आधारमा
जि.प्र.का. पर्साबाट प्र.नि.प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले जि.
पर्सा वीरगञ्ज म.न.पा. वडा नं.१६ शंकराचार्य गेट स्थित सडक खण्डमा भारतको रक्सौलबाट
वीरगञ्जतर्फ ना.२८ प
२८९० नम्बरको रातो रंगको महेन्द्र मोटरसाईकल रोकी चेकजाँच
गर्दा जि. बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ५० को हरिनारायण प्रसाद
कुर्मीले मो.सा.को सिटमुनी तथा ट्याङ्कीमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली
रू. ७,००,०००।- (सात लाख) फेला परेको हुँदा उक्त रकम बरामद गरी उल्लेखित नम्बरको
मो.सा.सहित हरिनारायण प्रसाद कुर्मीलाई नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई बैंक
तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान भइरहेको ।