श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
२०७९-०५-१९
- A
- A-
- A+
बारा, महागढीमाई न.पा. वडा नं.३
गंजभवानीपुर स्थित ऐ.ऐ. बस्ने सैमोदिन अंसारीको श्रीमती वर्ष २५ की सहनाज खातुनको आफ्नै
घरमा शंकास्पद मृत्यु भएको सूचना प्राप्त हुनासाथ तत्काल यस जि.प्र.का. बाराबाट अनुसन्धान
अधिकारी समेतको प्रहरी टोली खटिगई घटनास्थलको सुक्ष्म अवलोकन गर्दा मृतकको शरीरमा
कुटपिट गरिएको घाउचोट देखिएकोले मृतकको लाश पोष्टमार्टमको लागि त्रि.वि. शिक्षण
अस्पताल महाराजगंज, काठमाण्डौमा पठाई घटना सम्बन्धमा गहन सोधपुक्ष गर्ने क्रममा निज
मृतक सहनाज खातुनको हत्या निजकै श्रीमान सैमोदिन अंसारीले गरेको र उक्त वारदातमा
निजको भाउजु अप्सना खातुन समेतको संलग्नता रहेको भनी खुल्न आएको हुँदा निजहरूलाई मिति
२०७९/०५/१६ गते पक्राउ गरी कर्तव्य ज्यान मुद्दा शिर्षकमा बारा जिल्ला अदालतबाट
पहिलो पटक दिन ७ (सात) को म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको ।