२० वर्ष देखी फरार जिउँ मास्ने बेच्ने तथा डाँका मुद्दाका प्रतिवादी पक्राउ
२०७९-०५-२०
- A
- A-
- A+
बारा, मिति २०५९/०२/३१ गते बिहान करैयामाई
गाउँपालिका वडा नं.३ बस्ने रामअयोध्या प्रसाद केशरीको छोरा देवेन्द्र प्रसाद केशरी
घरबाट कलैया स्थित आफ्नो निर्माणाधिन घरमा आई दिनभरी काम गराई बेलुका कामदारहरूलाई
पठाई साँझ करिब १९:०० बजेको समयमा कलैयाबाट आफ्नो घरतर्फ जाने क्रममा
पसाह खोला किनारमा पुग्दा ऐ.ऐ. बस्ने स्व. शंकर साह कानुको छोरा शत्रुधन साह कानु
समेतका ७/८ जना व्यक्तिहरूले निज देवेन्द्र प्रसाद केशरीलाई हातहतियार देखाई निजको
साथमा रहेको नगद रू.१०,०००/- खोसी लिई विभिन्न डरत्रास देखाई अपहरण गरी भारतको
आदापुरमा लगी भारतीय व्यक्तिसँग रू.२,००,०००/- मा विक्री गरेको (हाल सम्मानित बारा जिल्ला
अदालतमा मुलतबीमा रहेको) जिउ मास्ने बेच्ने तथा डाँका मुद्दामा वारदात पश्चात फरार
रहेका निज प्रतिवादी शत्रुधन साह कानुलाई मिति २०७९/०५/१८ गते प्रहरी चौकी
गंजभवानीपुर, बारा समेतबाट खटिएको प्रहरी टोलीले जि. बारा महागढीमाई नगरपालिका वडा
नं.१० गंजभवानीपुर बजारमा लुकीछिपी हिंडडुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ
गरी कानून बमोजिम कारवाहीको लागि सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएको ।