बिना बिलबिजकको चिनी,आलु र प्याज लोड रहेका पिकअप नियन्त्रण
२०७९-०५-२०
- A
- A-
- A+
विना विलविजकको चिनी, प्याज र आलु बोकेको पिकअप गाडी वीरगञ्जबाट चितवनतर्फ जादैछ भन्ने विशेष सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट वीरगञ्जमा खटिएको प्रहरी टोली तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०७९।०५।१९ गते २०:०० बजे राती जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.७ रामटोल स्थित सडकखण्डमा लु.अ.अ.मा.२६४९ नम्बरको मालवाहक पिकअपलाई रोकी चेकजाँच गर्ने क्रममा बिना विलविजकका चिनी, आलु र प्याज समेत लोड गरेको अवैध सामानहरू सहित फेला परेको हुँदा उक्त पिकअप नियन्त्रणमा लिई रू. १४,६०,०५०।– ( चौध लाख साठी हजार पचास ) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७९।०५।२० गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।