प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विश्‍व आत्महत्या रोकथाम सम्बन्धी सचेतना कार्यक्रम

२०७९-०६-०२

  • A
  • A-
  • A+
Share

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाको आयोजनामा आज मिति २०७९।०६।०२ गते बिहान ०८:०० देखि नेपाल प्रहरी प्रदेश कार्यालय विरगंज पर्सा (हाल जनकपुरधाम धनुषा) को प्राङ्गणबाट “आत्महत्या रोकथाम सम्बन्धी देशव्यापी सचेतना कार्यक्रम” र्‍याली सुरु भई नगर परिक्रमा पश्‍चात जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. ३ स्थित जनकपुर उधोग वाणिज्य संघको सभाहलमा कार्यक्रमका प्रमुख अतिथी जनकपुर उ.म.न.पाका मेयर श्री मनोज साह ज्यू, धनुषा जिल्लाका प्र.जि.अ. श्री सुरेन्द्र पौडेल ज्यू, मधेश प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. मसऊद आलम खाँज्यू, यस कार्यालयमा कार्यरत प्र.व.उ. योग बहादुर पाल, प्र.उ.हरु तथा उपस्थित सिनियर प्रहरी अधिकृत ज्यूहरु, स्थानीय समुदायिक सेवा केन्द्रका पदाधिकारीज्यूहरू, उद्योग वाणिज्य संघ जनकपुरधामको अध्यक्ष श्री जितेन्द्र कुमार महासेठज्यू, पत्रकार महासंघ जनकपुरधाम धनुषाका उपाध्यक्षज्यू, बिभिन्न शैक्षिक संस्थाका प्रधानाध्यापकज्यू र अध्ययनरत विधार्थीहरू, विभिन्न संघ संस्थाका प्रमुखज्यूहरु, विभिन्न पत्र-पत्रिका/TV मा आवद्ध संचारकर्मी ज्यूहरू, नागरीक समुदाय, यस कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय बीरगंज पर्सा (हाल जानकपुरधाम धनुषा), मधेश प्रदेश प्रहरी गण जनकपुरधाम धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी कर्मचारहरु समेत गरी अं.११००/१२०० जनाको सहभागितामा देशभर बढ्दो अत्महत्या दरलाई न्यूनिकरण गर्न आमनागरिकलाई सुसूचित गराउने उद्देश्‍यले कार्यक्रमका प्रमुख अतिथी जनकपुर उप-महानगरपालिकाका मेयर श्री मनोज साह ज्यूद्वारा पानसमा दिप प्रज्वलन गरी कार्यक्रम समुद्‌घाटन गर्नु भएको, उक्त कार्यक्रममा प्र.व.उ. योग बहादुर पालद्वारा आत्महत्याको वर्तमान अवस्था सम्बन्धी तथ्याङ्क, चुनौतीहरु र सम्भाव्य रोकथामका उपायहरुबारे प्रस्तुतीकरण गर्नु भएको, प्रमुख अतिथी जनकपुर उप-महानगरपालिकाका मेयर श्री मनोज साह ज्यूले आफ्नो विचार प्रस्तुत गर्नु भएको, मधेश प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. मसऊद आलम खाँज्यूले कार्यक्रममा सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापान गर्नु भएको, उक्त कार्यक्रमका अध्यक्ष धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री सुरेन्द्र पौडेल ज्यूद्वारा सम्पूर्ण उपस्थित महानुभावहरूप्रति आभार प्रकट गर्नु हुँदै आत्महत्या न्युनिकरण सम्बन्धी नाट्य सामाग्री तथा श्रृव्यदृश्‍य प्रस्तुतीकरण भई समापन भएको ।

सम्बन्धित समाचार
हतियार सहित मानिस पक्राउ
२०८०-१२-१५

१.      सिरहा, मिति २०८०/१२/१४ गते अं. १६:०० बजेको समयमा जि. सिरहा सिरहा न.पा. २ यादव टोल स्थितमा ऐ.ऐ. बस्ने वर्ष ४९ को बिजय यादव र निजकै छोरा वर्ष १९ को राजा यादव बिच घरायसी वादविवाद भई झै-झगडा भईरहेको छ भन्ने खबर प्राप्त हुना साथ जि.प्र.का. सिरहाबाट प्रहरी टोली खटि गई झै-झगडा गर्ने निज दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का. सिरहामा ल्याई सोधपुछ गर्दा निज राजा यादवले मेरो बुवा बिजय यादवले आफु सुत्ने कोठामा कटुवा पेस्तोल लुकाई छिपाई राखेको छ भनी जानकारी गराउँदा निजहरूलाई साथमा लिई निजको घर वतनमा पुगी निज बिजय यादव सुत्ने कोठामा चेक जाचँ गर्दा कोठा भित्र रहेको पर्खालको र्‍याकबाट कटुवा पेस्तोल थान १ (राउण्ड नभएको) फेला पारी बरामद गरी जि.प्र.का. सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध सहित मानिस पक्राउ
२०८०-१२-१५

१.      सिरहा, मिति २०८०/१२/१४ गते अं. २१:०० बजेको समयमा इ.प्र.का. लहानबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जि. सिरहा लहान न.पा. २ दुध डेरी स्थित ऐ. लहान न.पा. २ बस्ने  राम नारायण महतोको छोरा वर्ष ३५ को संजय कुमार महतोलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट डाईजेपाम ३ एम्पुल, फेनारगन ३ एम्पुल, Buprenorphine  ३ एम्पुल, नाईट्राभेट ट्याब्लेट १ पत्ता (१५ पिस) ला.औ. फेला परेकोले उक्त ला.औ सहित निज संजय कुमार महतोलाई नियन्त्रणमा लिई इ.प्र.का. लहानमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      सप्तरी, मिति २०८०।१२।१४ गते २०:३० बजेको समयमा जि. सप्तरी बोदेबर्साईन न.पा. ९ स्वर्णपट्टी स्थितमा इ.प्र.का. बोदेबर्साईनबाट खटिएको प्रहरी गस्ति टोलिले सवारी साधनलाई रोकी चेकजाँच गर्दा भाडाको टेम्पुमा आउँदै गरेको जि. सप्तरी बोदेबर्साईन न.पा. २ नेङगडा बस्ने सिताराम चौधरीको छोरा बर्ष २३ को ओम प्रकाश चौधरीको साथमा रहेको झोलाबाट ONEREX COUGH SYRUP 100 ML को ४६ बोतल ला.औ. फेला परेकोले उक्त ला.औ. सहित निज ओम प्रकाश चौधरीलाई नियन्त्रणमा लिई ई.प्र.का.कडरबोनामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध सहित मानिस पक्राउ
२०८०-१२-१४

१.      सर्लाही, मिति २०८०।१२।१३ गते १७:४५ बजेको समयमा जि. सर्लाही लालबन्दी न.पा. १ नवलपुर चोक स्थित इ.प्र.का. नवलपुरबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको २ जना पैदल यात्री जि. सर्लाही लालबन्दी न.पा. ६ बस्ने कुमार वि.क. को छोरा बर्ष १९ को निशान वि.क. र ऐ.ऐ. बस्ने राम हृदय महतोको छोरा बर्ष १७ को संन्जय महतोलाई शंका लागि शरीर खान तलासी गर्दा नाईट्राभेट १० लेखिएको ट्याब्लेट २ पत्ता २१ पिस र ला.औ. गाँजा प्लाष्टिक सहित १ ग्राम दुई सय मिलि ग्राम, प्लाष्टिक बाहेक ६९० मिलि ग्राम लागु औषध फेला परेकोले उक्त ला.औ. सहित निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का. लालबन्दीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।२.      महोत्तरी, मिति २०८०।१२।१३  गते १७:५५ बजेको समयमा जि. महोत्तरी औरह न.पा. २ विद्युत कार्यालय स्थित बर्दिवास जलेश्वर सडक खण्डमा प्रहरी चौकी औरहीबाट खटिएको प्रहरी चेकिङ टोलीले सम्सीबाट बर्दिबास तर्फ आउँदै गरेको लु.५९ प.६३३७ नं. को मो.सा.लाई चेक जाँच गर्दा मो. सा. चालक जि. धनुषा मिथला न.पा. ८ कुसुम विसौना बस्ने बेचन महतोको छोरा बर्ष ३० को सियाराम महतोको साथबाट अबैध ला.औ. EXIPLONA- ९ (नौ) बोतल, NITRAVET-10 TABLET १२(बाह्र) पिस र SPASMO TABLET १३ (तेह्र) पिस फेला परेकोले उक्त ला.औ. सहित निज र मो.सा. पछाडी सवार. ऐ.ऐ बस्ने जय प्रकाश ठाकुरको छोरा बर्ष २० को सुभाष शर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी ई.प्र.का.गौशालामा पठाइएको ।३.      सिरहा, मिति २०८०।१२।१३ गते अं. १७:०० बजेको समयमा जि. सिरहा धनगढीमाई न.पा.१० लोक मार्ग स्थित कार्यालय अगाडी इ.प्र.का. धनगढीको र ट्राफिक प्रहरीको संयुक्त चेकिङ्ग टोलिले चेकजाँच गर्ने क्रममा लहानबाट गोलबजार तर्फ जाँदै गरेको स. ७ प. ५७२० नं. को मो.सा रोकी चेकजाँच गर्दा मो.सा. चालक जि. उदयपुर त्रियुगा न.पा. २ बस्ने रिख तामाङ्को छोरा  बर्ष २५ को लाल बहादुर तामाङ्को साथबाट Promethazine Hydrochloride injection l.p.2ml – १ (एक) एम्पुल, Diazepam injection – १ (एक) एम्पुल र Buprenorphine injection l.p. 2ml – १ (एक) एम्पुल गरी जम्मा ३ (तीन) एम्पुल (प्रयोग गर्न बाँकी रहेको) र Promethazine Hydrochloride injection l.p. 2ml - ३ एम्पुल, Diazepam injection - ३ एम्पुल र Buprenorphine injection l.p. 2ml - ३ एम्पुल गरी जम्मा ९ एम्पुल (प्रयोग गरी सकेको खालि injection) ला.औ. फेला परेकोले उक्त ला.औ. सहित निज र मो.सा. पछाडी सवार ऐ. रौतामाई न.पा. २ बस्ने K.B. मगरको छोरा बर्ष २२ को नबिन आलेलाई नियन्त्रणमा लिई इ.प्र.का धनगढीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ४.      सिरहा, मिति २०८०।१२।१३ गते १७:४५ बजेको समयमा जि. सिरहा लहान न.पा. ३ बिश्वकर्मा मन्दिर स्थित इ.प्र.का. लहानबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा हुलाक कार्यालयबाट बिश्वकर्मा मन्दिरतर्फ जाँदै गरेको पैदल यात्री लहान न.पा. ३ बस्ने भगत रायको छोरा बर्ष २६ को बिनोद रायलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट Promethazine Hydrochloride injection - ५ एम्पुल, Diazepam injection - ५ एम्पुल, Buprenorphine injection - ५ एम्पुल  गरी जम्मा १५ एम्पुल ला.औ. फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का. लहानमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध गाँजा, गाँजा च्याप्ने मेशिन नियन्त्रणमा
२०८०-१२-११

१.      बारा, मिति २०८०।१२।१० गते अं. १९:०० बजेको समयमा  जिल्ला बारा निजगढ न.पा.१२ रामथलि स्थितमा अस्थाई प्रहरी पोष्ट रतनपुर बाराबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा ऐ. स्थितमा फुसको कच्ची घरमा हेर्दा गाँजा च्याप्ने हाईड्रोलिक मेशिन र काठको प्रयोग गरी गाँजा च्यापेर राखेको उक्त मेशिनमा भएको गाँजा नाप तौल गर्दा १० के.जि. रहेको, उक्त मेशिन र गाँजा नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागी इ.प्र.का.निजगढ बारामा पठाईएको उक्त मेशिन गोपाल ठोकरको हो भनी बुझिन आएको निजको घरमा रहेको बिधुतको मिटरबाट नाम पत्ता लगाउने एवम  खो.त.कार्य भइरहेको ।

एघार लाख असी हजार बराबरको धान लोड रहेको ट्याक्टर पक्राउ
२०८०-१२-११

१.      विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०८०।१२।११ गते अं.०८:३० बजेको समयमा जिल्ला पर्सा विन्दवासिनी गा.पा.वडा नं.४ स्थित सडकखण्डबाट ना.४ त २५७२ नम्बरको ट्याक्टरमा धान लोड रहेको ६००० के.जी. रू.११,८०,०००।– ( एघार लाख असी हजार ) बराबरको धान र चालक जि.पर्सा पकाहामैनपुर गा.पा.वडा नं.१ बस्ने वर्ष ४५ को बिनोद कुमार महतोलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको  र मिति २०८०।१२।११ गते अं.०५:३५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२१ हनुमान मन्दिर स्थित सडकखण्डबाट हेटौडाबाट आउँदै गरेको ना.७ ख ७९७७ नम्बरको मालवाहक ट्रकमा लोड रहेको ८१० लिटर अवैध घरेलु मदिरा सहित उक्त ट्रक र जि.बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.१६ बस्ने वर्ष ३५ को राजु यादवलाई घरेलु मदिरा र उल्लेखित नम्बरको ट्रक सहित आन्तरिक राजस्व कार्यालय घडिअर्वामा बुझाइएको ।