श्रोत नखुलेको रकम सहित १ जना मानिस पक्राउ
२०७९-०६-२७
रौतहट, मिति २०७९।०६।२६ गते अं. १२:१२ बजेको
समयमा जि.प्र.का. रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले जि. रौतहट गौर न.पा. वडा नं.१
ट्रसमिटर चोक स्थितमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेक जाँच गर्ने
क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको BR-30-V-0531 नं. को मोटरसाईकल लाई
शंका लागी रोकी चेक जाँच गर्दा सो मोटरसाईकलको बाँया हैण्डिलमा कालो प्लास्टिकको
झोला चेक जाँच गर्दा स्रोत नखुलेको नेपाली रु.९,६४,०००।– (नौँ लाख चौसठ्ठी हजार) फेला
परेकोले मो.सा. चालक भारत बिहार जि. सितामढी नगरपंचायत बैरगनियाँ वडा नं.६ बस्ने अं.
बर्ष ३६ को राज कुमार भगत समेतलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा
बुझाईएको ।