तस्करीको सरसमान सहित Ambulance नियन्त्रण
२०७९-०७-०३
- A
- A-
- A+
धनुषा, मिति २०७९।७।०३ गते बिहान
०४;०० बजेको समयमा जि. धनुषा जनकपुर उ.म.न.पा. वडा नं. १७ कटरैट स्थितमा स्थानिय
मानिसहरु बिच बादविवाद भइरहेको खबर प्राप्त हुनासाथ उक्त स्थानमा तत्काल खटिएको
प्रहरी टोलीले सोही स्थानबाट श्री माई भ्याली बचत तथा ऋण सहकारी संस्थाद्वारा
संचालित मे.१ च. ३५० नं.को एम्बुलेनस बोलेरो गाडीमा भारतको जयनगरबाट जनकपुर तर्फ
अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी किराना जन्य सामानहरु तथा बिभिन्न किसिमका
पटाकाहरु लोड रहेको अवस्थामा नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याइएको र उक्त
एम्बुलेनस तथा सरसमानहरु भन्सार कार्यालय जनकपुरमा पठाउने कार्य भईरहेको ।