श्रोत नखुलेको भारतीय रुपैयाँ सहित २ जना पक्राउ ।
२०७९-०९-१९
- A
- A-
- A+
मिति २०७९।०९।१८ गते
अं.१२:१० बजेको समयमा भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी वल वि.ओ.पी.भन्सारबाट
संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला रौतहट गौर न.पा. वडा नं.१ भन्सार गार्ड
अगाडी चेक प्वाईन्ट खडा गरी चेकिङ्ग गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको BR.05AN-1590 नं.को मोटरसाईकललाई
रोकी सो मोटरसाईकलमा सवार भारत विहार राज्य मोतिहारी जिल्ला मोतिहारी पुर्वी
चम्पारण बस्ने अं.वर्ष ३५ को आजाद कुमार मालाकार र पछाडी सवार ऐ.वस्ने अं.वर्ष ३२
को संजिव कुमार तिवारीलाई चेकजाँच गर्दा आजाद कुमार मालाकारको साथबाट
रु.२,४५,०००।-(दुई लाख पैतालीस हजार) र संजिव कुमार तिवारीको साथबाट
रु.२,०४,५००।-(दुई लाख चार हजार पाँच सय) समेत गरी दुबै जनाको साथबाट श्रोत
नखुलेको भारतीय नगद रु.४,४९,५००।– (चार लाख उन्नपचास हजार पाँच सय) फेला परेकोले,
उक्त नगद सहित निजहरुलाई र मोटरसाईकल समेत नियन्त्रणमा लिई पथलैया राजश्व
अनुसन्धान कार्यालयमा थप अनुसन्धानको लागि पठाईएको ।