अं. मुल्य रु.९,८८,३८०।- बराबरको मालसामानहरु पक्राउ ।
२०७९-०९-२४
- A
- A-
- A+
रौतहट, मिति २०७९।०९।२१ गते अं.१७:०० बजेको समयमा ईलाका
प्रहरी कार्यालय, चन्द्रनिगाहपुर, रौतहटबाट गोप्य सूचनाको अधारमा खटिएको प्रहरी
गस्ती टोलीले जिल्ला रौतहट चन्द्रपुर न.पा.वडा नं. ०४ गौर-चन्द्रपुर सडक खण्डमा
जिल्ला सर्लाही हरिवन न.पा.वडा नं.०५ वस्ने अं. वर्ष ३३ को विनोद महतोले चलाएको
प्रदेश २-०२-००१ च ०२४३ नम्वरको पिकअप गाडी रोकी राखेको अवस्थामा चेकचाँज गर्दा
गाडी भित्र रहेको गुटखा लगायतका किराना सर-समानहरुको विल विजक माग गरी हेर्दा बिल
विजक बमोजिमको सर-सामानहरु नदेखिएकोले सर-सामानहरु लगायत पिकअप र चालक समेत
नियन्त्रणमा लिई अं. मुल्य रु.९,८८,३८०।- बराबरको मालसामान सहित पिकअप र चालक
समेतलाई आवश्यक कारवाहीको लागि राज्श्व
अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको ।