भन्सार छली ल्याएका सामानहरू बरामद:-
२०७९-१०-०४
- A
- A-
- A+
मिति २०७९ माघ १ गते राती अं. ०१:०० बजे वी.म.न.पा. वडा नं.१० आदर्शनगर स्थित राजेश मल्लिकले संचालन गरेको श्री माँ पाथिभरा ट्रान्सपोर्टबाट अवैध रुपमा भन्सार छली गरि ल्याइएका सामानहरु भण्डारण गरेका छ भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उक्त ट्रान्सपोर्टको गोदाममा चेकजाँच गरि हेर्दा विल विजक बिनाका कपडाका पोका तथा अन्य शंकास्पद बिल बिजक भएका हार्डवेयर, लत्ताकपडा तथा चकलेटका सामानहरु फेला परेको हुदाँ आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैयामा जानकारी गराइएकोमा मिति २०७९ माघ ३ गते राजस्व अनुसन्धान कार्यालय पथलैयाबाट अनुसन्धान अधिकृत प्रकाश नेपालको नेतृत्वमा आएको अनुसन्धान टोली, वडा प्रहरी कार्यालय विर्ता र सशस्त्र प्रहरीको टोलीले स्थानिय जनप्रतिनिधिको रोहबरमा रितपुर्वक खानतलासी गरी गोदाममा रहेका विभिन्न मालसमानहरु थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको ।