ठगी तथा अपराधिक लाभ सम्बन्धी कसूरमा संलग्न ३ जना मानिसहरू पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।१० गते जि. पर्सा बीरगञ्ज म.न.पा. वडा नं.१० स्थितमा माँ दुर्गे मनिट्रान्सफर प्रा.लि. सञ्चालन गरी काम गर्दै आएकोमा उल्लेखित मनिट्रान्सफरमा काम गर्ने निम्न लिखित वतनका तिन जना व्यक्तिहरूलाई नेपाली नगद रू.४,१४,८००।– (चार लाख चौध हजार आठ सय) माँ दुर्गे मनिट्रान्सफर प्रा.लि.का सञ्चालक विजय साह सर्राफले कृषि विकास बैंक बीरगञ्जमा जम्मा गरी उक्त जम्मा गरेको रकमको भरपाई भौचर लिइ आउनको लागि पठाइएकोमा उल्लेखित रकम जम्मा नगरी चारजनाको मिलेमतोमा निजहरू भागबण्डा लगाइ फरार भएको भन्ने समेत व्यहोराको सूचना प्राप्त भई तत्कालै यस कार्यालयबाट प्र.नि. को कमाण्डमा खटिएको प्रहरीटोलीले निजहरुलाई ऐ.१७:०० बजे बीरगञ्ज म.न.पा.वडा नं.१० स्थितबाट तिनै जनालाई नियन्त्रणमा लिइ निजहरूसंग रू.२,२३,५००।– (दुई लाख तेईस हजार पाँच सय) बरामद भएको हुँदा मिति २०७९।१०।११ गते सम्मानित पर्सा जिल्ला अदालतबाट ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा दिन-४ (चार) म्याद थप गरी अनुसन्धान भैरहेको ।
साथैः फरार रहेको व्यक्तिको पहिचान भैसकेको हुँदा निजलाई खोजतलास कार्य भैरहेको ।
निम्न
१. जि.पर्सा वी.म.न.पा.वडा नं.१० बस्ने वर्ष २२ को आकाश साह ।
२. ऐ.ऐ. बस्ने वर्ष २२ को संजय साह ।
३. ऐ.ऐ.बस्ने वर्ष २१ को महम्द सकिर मियाँ ।