फरार प्रतिवादी पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९/१०/११ गते अं.१०:०० बजेको समयमा ई.प्र.का. मिर्चैया सिरहाबाट प्र.नि. सोनु कुमार साहको कमाण्डमा खटिएको टोलीले सम्मानित सिरहा जिल्ला अदालतको विगो नं.१४७०/५८५ ,चलानी नं.९५३७ मिति २०७९।०९।११ गतेको आदेशले जारी भएको पक्राउ पुर्जी अनुसार लेनदेन विगो मुद्दाका फरार प्रतिवादी जिल्ला सिरहा मिर्चैया न.पा. ५ बस्ने कुन्जा यादवको छोरा अं. बर्ष ५० को रामचन्द्र यादवलाई ऐ.ऐ. ६ कटारी चौक स्थितबाट पक्राउ गरी ई.प्र.का. मिर्चैया सिरहामा ल्याई राखिएको ।