टिफर नियन्त्रण
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९/१०/११ गते अं.२३:२५ बजेको समयमा जिल्ला धनुषा सबैला न.पा.१२ नहरे चौक स्थितबाट प्रदेश २-०३-००१ ख.०१२२ नं.को टिफरले कमलामाई क्रसर उद्योगबाट बालुवा लोड गरी खजुरी तर्फ जादै गर्दा ऐ.ऐ. स्थितमा प्र.चौ. बरमझियाबाट प्र.स.नि.को कमाण्डमा गस्ति टोली खटिगई टिफर र टिफर चालक जिल्ला धनुषा गणेशमानचारनाथ न.पा.२ छिहतर बिघा बस्ने अं.वर्ष ३९ को रंजीत आले मगरलाई अनुसन्धानको लागी नियन्त्रणमा लिई प्र.चौ. बरमझिया धनुषामा ल्याई राखिएको ।