सामान र साईकल सहित मानिस नियन्त्रण
२०७९-१०-१२
- A
- A-
- A+
मिति२०७९।१०।११ गते अ.०५:४५ बजेको समयमा जिल्ला सर्लाही ब्रम्हपुरी गा.पा. ४ सखुवा गाउँ स्थित भित्री सडक खण्डमा प्र.चौ.त्रिभुवननगर सर्लाहीबाट प्र.ना.नि.चन्द्र ब.केरुङ्को कमाण्डमा खटि गएको गस्ती टोलीले भारतबाट भन्सार छली लुकाई छिपाई ३ वटा साईकलमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको (३ पोकामा) ठुलो बल्याङ्केट २९ थान, सानो बल्याङ्केट ७ थान गरी अं.मु. रु.७००००।- बराबरको सामान, ३ वटा साईकल र निम्न स्थान बस्ने ३ जना मानिस सहित नियन्त्रणमा लिई तालुक जि.प्र.का.मा पठाउने कार्य भईरहेको ।
निम्न;-
१) भारत उत्तर प्रदेश मुजरफर नगर जिल्ला ग्राम पञ्चायत हरसोली वार्ड नं. १२५ थाना साहपुर बस्ने अं. बर्ष २५ को उमिद,,
२) ऐ.ऐ. बस्ने अं. बर्ष २५ को मेहरवान,
३) ऐ.ऐ. बस्ने अं. २६ बर्ष २६ को अजाद