हातहतियार सहित मानिस पक्राउ सम्बन्धमा ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९।१०।१२ गते अं. २०:०० बजेको समयमा जिल्ला धनुषा मिथिला नगरपालिका वडा नं. २ नक्टाझिझ बिश्वकर्मा चोक स्थित एक जना पुरुष व्यक्ति हतियार (पेस्तोल) लिई हिंडिरहेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ उक्त स्थानमा ई.प्र.का. महेन्द्रनगर धनुषा र जि.प्र.का.धनुषाबाट संयुक्त प्रहरी टोली खटि गई शंकास्पद हिंडिरहेको अवस्थामा एक जना पुरुष व्यक्तिलाई फेला पारी रित पुर्वक निजको शरिरको खानतलासि गर्दा निजको शरिरको आगाडी बाँया पट्टिको कम्मरमा लुकाईछिपाई राखेको अवस्थामा पेस्तोल फेला पारी बरामद गरी थप अनुसन्धान तथा सोधपुछ गर्दा निजले उक्त हतियार ऐ.ऐ. बस्ने शंकर महतो भन्ने व्यक्तिसंग रु. ५०,०००।– नगद दिई बाँकी २०,०००।– पछि दिने गरी धनुषा स्थित जटही सिमानाकाबाट खरिद गरी ल्याएको भनि खुलाइदिएको हुँदा उक्त हतियार बिक्रि गर्ने शंकर महतोलाई समेत तत्कालै प्रहरी परिचालन गरी पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको ।
पक्राउ प्रतिबादिहरुको नामथर
१. जिल्ला धनुषा मिथिला नगरपालिका वडा नं. ६ बस्ने जोगिन्द्र महतोको छोरा अं. वर्ष २८ को रोशन महतो
२. ऐ.ऐ. बस्ने रामपृत महतोको छोरा अं. वर्ष ३६ को शंकर महतो
बरामद हातहतियारको विवरण
१. ग्रिपको बिच भागमा पहेलो रंङगको पाँच कोण भएको धातुको तारा आकारको चित्र अंकित भएको माउजर पेस्तोल थान-१,
२. ऐ.पेस्तोलमा लोड गरिएको म्याग्जिन थान-१
३. म्याग्जिनमा लोड भएको KF7.65 उल्लेख भएको गोली थान-२