फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९/१०/१४ गते अं.१९:३० बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.४ माछा बजार स्थितमा जि.प्र.का.धनुषा मातहत फैसला कार्यन्वयन दस्ताबाट खटिएको प्र.स.नि.को टोलीले सम्मानित धनुषा जिल्ला अदालतबाट मिति २०७१/०९/२९ गतेको फैसलानुसार १ महिना कैद र रू.३५,०००/- जरिवाना तोकिएको चोरी र अन्य मुद्दाका फरार प्रतिवादीलाई ऐ. माछा बजार बस्ने राधेश्याम झाको छोरा अं.वर्ष ३० को गुडु कुमार झालाई निजकै घरबाट नियन्त्रणमा लिई यस का.मा ल्याई राखिएको, अन्य अनुसन्धान कार्य भईरहेको ।