चोरीको मो.सा.सहित मानिस नियन्त्रण ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९।१०।१४ गते अं.१३:०० बजेको समयमा जिल्ला रौतहट परोहा न.पा. ५ दमार टोल बस्ने छोटेलाल साहको छोरा अं. बर्ष २५को संजय साहले BR05AR0317 नं.को मो.सा चोरी गरी लिएर जादै गरेको छ भन्ने खवर प्राप्त हुन साथ तालुक जि.प्र.का. रौतहटबाट सुचना संकलनमा खटिएको सादा पोसाकको टोली र अ.प्र.पोष्ट लौकाहा, रौतहटबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले उक्त नं.को मो.सा. सहित निजलाई ऐ.ऐ. ५ दमार टोलबाट नियन्त्रणमा लिई यस पोष्टमा ल्याई अनुसन्धान गर्ने क्रममा निजले ऐ.ऐ. स्थित आफ्नै घरमा लुकाई छिपाई राखेको अवस्थामा BR05AB5522 नं.को मो.सा. सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि तालुक जि.प्र.का.रौतहटमा पठाईएको ।