बिल बिजक भन्दा बढी लत्ताकपडा तथा कस्मेटिक सामानहरु लोड रहेको ट्याक्टर नियन्त्रणमा ।
२०७९-१०-१६
- A
- A-
- A+

बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा कस्मेटिक लगायतका मालबस्तुहरू बोकेको ट्याक्टर ICP गेट हुँदै वीरगञ्जतर्फ आउँदै गरेको छ भन्ने सूचना प्राप्त भई जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०७९।१०।१४ गते अं. १७:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२३ बहुअरी सडकखण्डबाट BR05GC 1653 नम्बरको भारतीय ट्याक्टरलाई रोकी जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको हुँदा अं.मू.रू. १८,४९,४४३।– (अठार लाख उन्नपचास हजार चार सय त्रिचालीस) बराबरको ट्याक्टर र सो ट्याक्टरमा लोड रहेको लत्ताकपडा तथा कस्मेटिकका सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०७९।१०।१५ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।