अनुसन्धानमा रहेको मानिस छुटाइ दिन्छु भनी प्रलोभन देखाइ ठगी गर्ने व्यक्ति पक्राउ ।
२०७९-१०-१६
- A
- A-
- A+

प्रहरीले अनुसन्धानमा राखेको मानिसलाई छुटाइ दिन्छु
भनी रकम असुल गर्ने गरेको भन्ने सूचनाको आधारमा मिति २०७९।१०।१५ गते दिउँसो १४:०० बजेको
समयमा यातायात कार्यालय पर्सा अगाडि सडकखण्डबाट जि.प्र.का. पर्साबाट खटिएको प्रहरी
टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.५ बस्ने वर्ष ५२ को धिरेन्द्र
बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइ निज विरुद्द सार्वजनिक हित, स्वास्थ्य,
सुरक्षा, सुविधा र नैतिकता बिरुद्दको कसूरमा थप अनुसन्धान कार्य भैरहेको ।