बिल बिजक भन्दा बढी मसालाका सामानहरु लोड रहेको ट्रक नियन्त्रणमा :-
२०७९-१०-१७
- A
- A-
- A+
बिल विजक भन्दा बढी विभिन्न धनिया, सुख्खा खुर्सानी तथा जिरा लगायतका मालबस्तुहरू बोकेको ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ गईरहेको छ भन्ने सूचना प्राप्त भई जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०७९।१०।१५ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.९ रेल्वे सडकखण्डबाट ग २ ख ५७१ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको हुँदा अं. मुल्य रू. २१,१२,३६३।– (एकाइस लाख बाह्र हजार तिन सय त्रिसठ्ठी ) बराबरको ट्रक र सो भित्र लोड रहेको मसलाका सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०७९।१०।१६ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।