चोरीमा संलग्न ५ जना मानिसहरू पक्राउ सम्बन्धमा ।
२०७९-१०-१७
- A
- A-
- A+
१. मोबाइल चोरीः मिति २०७९।१०।१६ गते अं. ११;०० बजेको समयमा जिल्ला धनुषा ज.उ.म.न.पा. वडा नं. २ शिवचोक स्थित विनोद गामीले संचालन गरेको कपडा पसलमा जिल्ला धनुषा मिथिला बिहारी न.पा. वडा नं. २ बस्ने ईद्रिश कवारी मियाँको छोराले उक्त पसलमा कपडा खरिद गर्ने क्रममा आकासे रंगको स्क्रिन टच Redmi मोवाईल आफ्नै छेउमा राखेको अवस्थामा जिल्ला धनुषा ज.उ.म.न.पा. वडा नं. १४ बस्ने रतिश गुप्ताले मोबाईल चोरी गरी भागेको छ भन्ने सुचना प्राप्त हुना साथ वडा प्रहरी कार्यालय रेल्वे धनुषाबाट तत्कालै प्रहरी परिचालन भई खोज तलास गर्दै जाने क्रममा मोबाईल चोरी गर्ने व्यक्ति रतिश गुप्तालाई मिति २०७९।१०।१६ गतेका दिन नै फेला पारी मोबाईल सहित पक्राउ गरी जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
२. मो.सा. चोरीः मिति २०७९/१०/१६ गते बेलुका २०;०० बजेको समयमा जिल्ला महोत्तरी बर्दिबास नगरपालिका वडा नं १ बस्ने टेक बहादुर श्रेष्ठको छोरा वर्ष २९ को राजकुमार श्रेष्ठले आफ्नो ज. ६ प. ७७१४ नं. को १५० सि.सि को कालो रङको पल्सर मोटरसाईकल जिल्ला धनुषा मिथिला नगरपालिका वडा नं १० लालगढ मोडेल अस्पतालको छेउमा पार्किङ गरी राखेकोमा अज्ञात ब्यक्तिहरुको समुहले उक्त मो.सा चोरी गरी लगेको भनी सूचना प्राप्त हुना साथ तत्काल ई.प्र.का. ढल्केवर धनुषाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा मिति २०७९।१०।१६ गते जिल्ला सर्लाही चक्रघट्टा गाउँपालिका वडा नं ७ बस्ने नेक लाल यादवको छोरा वर्ष २१ को रबिन्द्र कुमार यादव र निजकै साथि ऐ.ऐ. बस्ने भिखारी रायको छोरा वर्ष २२ को चन्दन कुमार यादवलाई उल्लेखित नं. को मो.सा सहित पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।
३. चोरीको सामान सहित चोर नियन्त्रणमाः मिति २०७९।१०।१४ गते रातको समयमा जिल्ला धनुषा जनकपुर उप.म.न.पा. ४ बस्ने संजिव कुमार रायको घरबाट अज्ञात व्यक्तिहरूले कोठाभित्र राखेको पानी तान्ने मोटर, पेन्ट, आइरन, लत्ता कपडाहरू चोरि गरी फरार भएका मानिसहरूलाई यस कार्यालय तथा यस कार्यालय मातहत प्रहरी चौकी जिरोमाईल धनुषाबाट खटिएको प्रहरी टोलीले उक्त चोरीमा संलग्न ज.उ.न.पा. २४ बस्ने सरोज कुमार महत्तो र ऐ. बस्ने श्याम सुन्दर महत्तोलाई मिति २०७९।१०।१६ गते चोरी भएका सामानहरूसहित पक्राउ गरी जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान भइरहेको ।