प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जनचेतना मुलक कार्यक्रम ।

२०७९-१०-१७

  • A
  • A-
  • A+
Share

सि.नं.

जिल्ला

शिर्षक

विस्तृत विवरण

सप्तरी

 

चोरी डकैती नियन्त्रण

तिलाठी कोईलाडि गा.पा. ४ स्थित जिरी हटिया बजारमा प्र.चौ. कोबर्साईन सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा टोलि खटि गई स्थानीय भद्र भलादमि, बुद्धिजिवि, समाजसेवि गरी अं.४५ जनाको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चोरी डकैती नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।

सप्तरी

 

जबर्जस्ती करणी बिरुद्ध

शम्भुनाथ न.पा. २  स्थित खैरबोना टोलमा ई.प्र.का रुपनि सप्तरीबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई स्थानीय भद्र भलादमि, बुद्धिजिवि, समाजसेवि गरी अं.४५ जनाको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ज.ज.क. बिरुद्ध सम्बन्धि जनचेतना मुलक कार्यक्रमसम्पन्न भएको ।

सप्तरी

महिला हिंसा, बालबालिका,बालश्रम, लागु औषध तथा आत्महत्या

जिल्ला सप्तरी राजगढ गा.पा.१कजराटोलस्थितमा यस प्र.चौ.झुटकी सप्तरीको आयोजनामा स्थानिय भद्रभलादमी, पार्टि प्रतिनिधि,महिला,युवा तथा समाजसेवी युवा तथा महिलाहरु गरी अं.२०-२५जनाको संख्यामा मानिसहरूलाई भेला जम्मा गरी बढदो चोरीको घटनाहरुलाई लक्षित गरी सामुदायिक साझेदारी अन्तर्गत पर्ने चोरीसम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।

सप्तरी

 

आगलागि कृतिम घटना प्रतिकार्य अभ्यास

राजबिराज न. पा. ७ राजरंगशालाको खेल मैदानमा जिल्ला प्रशासन कार्यालय सप्तरीको समन्वयमा नेपाली सेना बरख गण भलुवाही सप्तरीको, जिल्ला प्रहरी कार्यालय सप्तरी, सशस्त्र प्रहरी बल नेपाल नं.६ गन सप्तरी समेतको सहकार्यमा जिल्ला बिपत ब्यबस्थापन समिति सप्तरीको आयोजनामा SIMULATION Exercise आगलगी कृतिम घटना प्रतिकार्य अभ्यास सम्पन्न भएको ।

सप्तरी

 

जबर्जस्ती करणी बिरुद्ध

डाक्नेश्वरी न.पा. ९  स्थित प्र.चौ. पत्थरगाढा सप्तरीबाट प्रसनिको कमाण्डमा टोलि खटि गई स्थानीय भद्र भलादमि, बुद्धिजिवि, समाजसेवि गरी अं.४५ जनाको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ज.ज.क. बिरुद्ध सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।

सप्तरी

 

आगलागि नियन्त्रण

बलान बिहुल गा.पा.३ टिकुलिया  स्थितमा प्रहरी चौकी बेल्ही सप्तरीबाट प्र.स.नि.टिका निरौलाको कमाण्डमा खटिएको टोलिले  अं.२०।२५ जना स्थानिय मानिसहरुको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप आगलागि नियन्त्रण गर्ने सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।

पर्सा

महिला हिंसा,मानव बेचबिखन,घरेलु हिंसा

सा.प्र.से.के.मुर्ली र प्र.चौ.परवानीपुर पर्साको संयुक्त आयोजनामा जिल्ला पर्सा वीरगंज म.न.पा.वडा नं.२१ स्थित परवानीपुरमा महिला हिंसा,मानव बेचबिखन,घरेलु हिंसा लगाएतका विषयमा पर्चा पम्लेट वितरण गरी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।

सप्तरी

फाईबर सिरक बितरण

शम्भुनाथ न.पा. ६ स्थितमा रहेको ऐ.न.पा.को कार्यालयमा जिल्ला विपद व्यवस्थापन समितिले फाईबर सिरक वितरण कार्यक्रम गरेकोमा उक्त कार्यक्रममा ३५ जना स्थानिय बासिहरुलकाई बितरण गरी कार्यक्रम सम्पन्न भएको ।

सम्बन्धित समाचार
लागू औषध नियन्त्रणमा
२०८१-०२-२९

१.      सर्लाही, जिल्ला सर्लाही हरिवन नगरपालिका ७ साईफन चोकको भित्री सडक खण्डबाट WINCEREX-१०० ML को बोतल थान ११९ मध्ये १ वटा बोतलको सिल खोली खाली रहेको र ११८ बोतल सिलबन्दी रहेको लागू औषध सहित देश भारत जिल्ला सितामढी ग्राम मैबी बस्ने बर्ष २५ को राहुल तिवारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको BR 05 L 8308 नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     पर्सा, जिल्ला पर्सा बहुदरमाई नगरपालिका ७ भौराटार नहरको बाटोमा प्रहरी चौकी महुवन पर्साबाट खटिएको प्रहरी गस्ती टोलीलाई देख्ना साथ डकैलाबाट छप्कैया तर्फ आँउदै गरेको मोटरसाईकलमा रहेको बोरा फाली मोटरसाईकल फरार भएकोमा उक्त बोरा खोली हेर्दा लागू औषध गाँजा १० के.जी. फेला परेकोले उक्त लागू औषध नियन्त्रणमा लिई फरार व्यक्तिको खोजतलास तथा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रण
२०८१-०२-२८

१.      बारा, जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा. १ पथलैया चोकबाट लागू औषध NITROZEPOM ८ पत्तामा ७३ पिस सहित जितपुरसिमरा उ.म.न.पा. १२ बस्ने बर्ष २० को प्रशान्त रानालाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     महोत्तरी, जिल्ला महोत्तरी जलेश्वर नगरपालिका १ स्थितमा लागू औषध Nitravet-10 लेखिएको ट्याब्लेट ३० पिस भएको १३ पत्ता र Nitravet-10 लेखिएको ट्याब्लेट १५ पिस भएको ५ पत्ता सहित जम्मा ४६५ पिस सहित जिल्ला महोत्तरी बर्दिबास न.पा. ७ खैरमारा बस्ने वर्ष २९ को तिर्थ यादवलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलिले से.३ प. ३४०७ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०२-२७

१.     पर्सा, जिल्ला पर्सा बिरगंज म.न.पा. १६ त्रिशुल चोक स्थितबाट लागू औषध खैरो हेरोईन जस्तो देखिने वस्तु प्लाष्टिक सहित २०.७४० मिलिग्राम सहित जिल्ला बारा फेटा गा.पा. ७ गमहरिया बस्ने बर्ष २० को अजय कुमार वैठा, विश्रामपुर गा.पा. १ कल्याणपुर बस्ने बर्ष २२ को रवी कुमार यादव र बर्ष २० को रंजित कुमार मुखियालाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्क र लागू औषध नियन्त्रण ब्युरो बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले BR 05 AY 7289 नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     बारा, मिति २०८१/०२/२७ गते  साँझ जिल्ला बारा सिम्रौनगढ नगरपालिका १ हनुमानचोक स्थितमा प्रहरी चौकी श्रीनगर बैरिया र इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराबाट खटिएको संयुक्त चेकिङ टोलीलाई देख्ना साथ नयकाटोलबाट भारत तर्फ जाँदै गरेको BR 05 C 7054 नं.को मोटरसाइकल छाडी चालक फरार भएको हुदाँ उक्त मो.सा. लाई चेक जाँच गर्दा लागू औषध गाँजा १० के.जी. फेला परेकोले उक्त लागू औषध र मो.सा. नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । ३.     बारा, जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२१ स्थितबाट लागू औषध गाजाँ ८० के.जी. जिल्ला चितवन राप्ती न.पा १० रिकाटार बस्ने बर्ष २५को मान बहादुर वाईवा र जिल्ला मकवानपुर राक्सीराङ गा.पा. ५ बस्ने बर्ष २६ को सुमन स्याङ्ताङलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा मनहरीबाट पथलैया  तर्फ आउँदै गरेको बा. १० च. ३६१९ नम्बरको कारलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ४.     सिरहा, जिल्ला सिरहा लहान न.पा. ३ रेडक्रस भवन अगाडिबाट लागू औषध Phenergan-२० एम्पुल, Diazepam-२० एम्पुल  र Buprenorphine-२० एम्पुल सहित जिल्ला उदयपुर त्रियुगा न.पा. १३ शान्ति टोल बस्ने बर्ष २० को परास राईलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ५.     बारा, मिति २०८१/०२/२७ गते  बिहान जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा. १ पथलैया स्थितमा प्रहरी चौकी पथलैयाबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट पथलैया तर्फ आउँदै गरेको प्र.०३-००२प ५८५४ नं.को मोटरसाईकल प्रहरी चेकिङ टोलीलाई देख्ना साथ मो.सा. छाडी चालक फरार भएकोले उक्त मो.सा. पछाडी बाधीँ राखेको झोला चेकजाँच गर्दा ३२ के.जी. लागू औषध गाँजा फेला परेकोले उक्त लागू औषध सहित मो.सा. नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।   सिरहा, जिल्ला सिरहा औरही गाउँपालिका १ दरहिया हनुमान चोक स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ७.३१० ग्राम सहित जिल्ला सिरहा गोलबजार न.पा.२ बस्ने वर्ष २६ को रुपेश कुमार साहलाई आईतवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हर्कट्टी, सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मो.सा.लाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । मो.सा. र मो. सा. चालक फरार रहेको तथा यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८१-०२-२५

१.      बारा, फौजदारी मुद्दामा ३ महिना कैद र रु. १०,०००/- (दश हजार रुपैयाँ) जरिवाना भएको फरार प्रतिवादी जिल्ला बारा आदर्शकोतवाल गाउँपालिका १ चिउटाहा बस्ने बर्ष ५६ को मोसाफिर महतो कोईरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटिएको संयुक्त प्रहरी टोलले निजलाई आदर्शकोतवाल गाउँपालिका १ चिउटाहा बजारबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सिरहा, नागिकता किर्ते मुद्दामा ४ वर्ष कैद र रु. ८०००/- जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा लक्ष्मिपुरपतार गाउँपालिका ३ बस्ने वर्ष ६० को खटुवा चमारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरी टोलीले निजलाई गाउँ घर वतनबाटै पक्राउ गरी आवश्यक कार्वाहीको लागी  सम्मानित जिल्ला अदालत सिरहामा बुझाएको छ ।