ई.प्र.का. महेन्द्रनगर धनुषाको हिरासत कक्षबाट फरार भएका थुनुवा पक्राउ सम्बन्धमा ।
२०७९-१०-१८
- A
- A-
- A+
मिति २०७९/१०/१६ गते अं.०३:३० बजेको समयमा ई.प्र.का. महेन्द्रनगरको हिरासत कक्षको वाल भत्काई फरार भएका थुनुवाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले व्यापक सर्च अपरेशन चलाई खोज तलास गर्दे जाने क्रममा फरार थुनुवाहरूमध्ये सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दा शिर्षकको थुनुवा जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा. वडा नं. २ बस्ने अं. वर्ष २५ को अमित मण्डललाई मिति २०७९।१०।१७ गते पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको ।