बिल बिजक भन्दा बढी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको ट्रक नियन्त्रणमा ।
२०७९-१०-१८
- A
- A-
- A+
बिल विजक भन्दा बढी विभिन्न खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरू लगायतका मालबस्तुहरू बोकेको ट्रक वीरगञ्जबाट काठमाण्डौ तर्फ गईरहेको छ भन्ने सूचना प्राप्त भई जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०७९।१०।१६ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २३ बहुअरी सडकखण्डबाट ना.२ख.८५१९ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको हुँदा अं. मुल्य रू. ४१,८६,५७८।– (एकचालीस लाख छयासी हजार पांच सय अठहत्तर) बराबरको ट्रक र सो भित्र लोड रहेको सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०७९।१०।१७ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।