अबैध रुपमा भित्रिएको भारतीय निजी सवारी साधन पक्राउ ।
२०७९-१०-१८
- A
- A-
- A+
सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा भारतीय Suzuki Maruti कार भन्सार छली नेपाल भित्र्याई पर्सा जिल्लाको ग्रामीण एरियाहरुमा अनाधिकृतरूपमा चलाइरहेको भन्ने प्राप्त सूचना अनुसार मिति २०७९।१०।१६ गते जि.प्र.का. पर्साबाट खटी गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ चालिसफिट्टे सडकखण्डमा UP 16 AX 1003 नम्बरको भारतीय Suzuki Maruti कार सडकको छेउमा बेवारिसे अवस्थामा फेला पारी हक दावी गर्ने व्यक्ति खोजतलास गर्दा कोही कसैले हक दावी गर्न नआएको हुँदा उक्त गाडीलाई बरामद गरी रू.५,००,०००।–(पाँच लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७९।१०।१६ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको ।