ई.प्र.का. महेन्द्रनगर धनुषाको हिरासत कक्षबाट फरार भएका थुनुवा पक्राउ सम्बन्धमा
२०७९-१०-१९
- A
- A-
- A+
मिति २०७९/१०/१६ गते अं.०३:३० बजेको समयमा ई.प्र.का.महेन्द्रनगरको हिरासत कक्षको वाल भत्काई फरार भएका थुनुवाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले व्यापक सर्च अपरेशन चलाई खोज तलास गर्दे जाने क्रममा फरार भएका थुनुवाहरू मध्ये लागु औषध मुद्दाको थुनुवा जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा.-५ बस्ने अ. वर्ष ३५ को विनोद कुमार शर्मालाई जिल्ला धनुषा मथिला न.पा.१० लालगढको रातो खोलाको बगर छेउमा लुकिछिपि बसिरहेको अवस्थामा मिति २०७९।१०।१९ गते अं.०१:०० बजेको समयमा पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको ।