बिचौलियाको काम गर्ने मानिस प्रकाउ
२०७९-१०-१९
- A
- A-
- A+
जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता, राहदानी (पासपोर्ट) बनाउन आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरिरहेको छ भन्ने गोप्य सुचनाको अधारमा जि.प्र.का. धनुषाबाट खटिएको प्रहरी टोलीले मिति २०७९।१०।१८ गते अ. १४:०० बजेको समयमा जिल्ला धनुषा जनकपुरधाम उप-महानगरपालिका वडा नं. १२ हनुमाननगर बस्ने अं. वर्ष ६० को राम नारायण साहलाई सेवा ग्राहीहरूसंग वार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ गरी जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।