चोरीका सामान सहित २ जना मानिसहरू पक्राउ सम्बन्धमाः-
२०७९-१०-१९
- A
- A-
- A+
मिति २०७९।१०।१८ गते अं. ०६;३० बजेको समयमा जिल्ला धनुषा औरही गा.पा. वडा नं. १ स्थित रहेको श्री रामजानकी मा.वि. विद्यालयको कार्यालय कोठाबाट कम्प्युटर लगायतका सामानहरू र ऐ. बस्ने लक्ष्मेश्वर यादवको खेतमा जडान गरिएको सोलार प्लेट समेत चोरी भएको सुचना प्राप्त हुन साथ तत्कालै प्रहरी टोली खटि गई जिल्ला धनुषा औरही गा.पा. वडा नं. १ वस्ने वर्ष २१ को शिवशंकर मण्डल माथि शंका लागि निजलाई नियन्त्रणमा लिई उक्त चोरी भएको समानहरुको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त समानहरू ऐ. स्थित पौडेश्वर चोकमा अमित कुमार साहले संचालन गरेको डेरी उद्योग भित्र रित पुर्वक खानतलासी गर्दा डेल कम्पनीको मोनिटर थान-१, नोकिया लेखिएको वाईफाईको राउटर थान-१, कम्प्युटर किबोर्ड थान -१, सोमिटर थान-१ बरामद भएको, सोही नजिक सडक छेउमा जमिन मुनि खाल्डो भित्र लुकाई छिपाई राखेको खेतमा जडान गरिएको सोलार प्लेट थान -१ समेत बरामद भएकोमा उक्त बरामद भएको समानहरू सहित उक्त घटनामा संलग्न शिवशंकर मण्डल र अमित कुमार साह समेतलाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई चोरी मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भईरहेको ।