फरार अभियुक्त पक्राउ ।
२०७९-१०-१९
- A
- A-
- A+
मिति २०७९।१०।१८ गते अं. १५:०० बजेको समयमा जिल्ला रौतहट गौर नगरपालिका वडा नं. २ लाल बकैया खोलापारी केरा घारीमा डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले सर्च अप्रेशन गर्दै जाँदा जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ५ कोईरीटोल बस्ने लालकिशोर यादवको छोरा अं. वर्ष १९ को राहुल यादव र अर्को नाम, थर, वतन नखुलेकोलाई नियन्त्रणमा लिने क्रममा निज राहुल यादवले बोकेको चक्कु प्रहार गर्दा जि.प्र.का. रौतहटमा कार्यरत प्रहरी सहायक हवल्दार सुरेश यादवको दाहिने हातमा काटिए पश्चात प्रहरीले 54Type ठुलो चाईनिज पेस्तीलबाट १ राउण्ड हवाईफायर गरी निज राहुल यादवलाई चक्कु थान-१ र कैची थान-१ सहित नियन्त्रणमा लिएको अर्को फरार व्यक्ति जिल्ला रौतहट गौर नगरपालिका वडा नं.४ बस्ने जुगा राय यादवको छोरा अं. वर्ष १९ को रवि यादवलाई खोजतलास क्रममा मिति २०७१।१०।१९ गते विहान अं.१०:०० बजेको समयमा जिल्ला रौतहट गौर नगरपालिका वडा नं.४ स्थितमा लुकी छिपे बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई जि.प्र.का. रौतहटमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।