नक्कली नोट सहित २ जना मानिस पक्राउ ।
२०७९-१०-२३
- A
- A-
- A+
सिरहा, मिति २०७९।१०।२१ गते अं. २०:१५ बजेको समयमा जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ८ पशुपती स्कुलको गेट नजिक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी निरिक्षकको कमाण्डमा, ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा तथा सशस्त्र प्रहरी बल नेपाल लहान सिरहाबाट खटिएको संयुक्त टोलिले जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ९ बस्ने बर्ष ३० को अर्मान सेख र ऐ.ऐ. वडा नं. १९ छरापट्टी बस्ने बर्ष ३० को ओसिन सेखलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट ४,३५,०००।– ( चार लाख पैंतिस हजार) नक्कली नोट, सोही आकारको कागजातहरु ३३ (तेत्तिस) बंडल, मोबाईल थान- ३, सिम थान-४ फेला पारी रितपुर्वक बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसुरमा दिन ५(पाँच) को म्याद लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुशन्धान कार्य भई रहेको ।