फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-२३
- A
- A-
- A+

१. सप्तरी, मिति २०७९।१०।२२ गते नेपाल सरकार प्रतिवादी उमाकान्त चौधरी भएको वन मुद्दामा असुल उपर हुन बाँकी रहेका दिन २४ कैद सजाय भएका निज प्रतिवादी जिल्ला सप्तरी सुरुङ्गा न.पा.वडा नं ८ बस्ने घुरन चौधरीको छोरा वर्ष ४२ को उमाकान्त चौधरीलाई प्रहरी टोलिले नियन्त्रणमा लिई जि.प्र.का.सप्तरी ल्याई राखेको, त्यसैगरी राजगढ गा.पा.६ स्थितमा प्र.चौ. झुटकी सप्तरीबाट खटि गएको प्रहरी टोलीले राजगढ गा.पा. ६ बस्ने मोहित खाँन लागत नं. ३०८/०६९f८/५५,जरिवाना रु.३,१२०/-, कुटपिट मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि सम्मानित जिल्ला अदालत राजविराज सप्तरी पठाईएको र कंचनरुप न.पा. ६ पिप्रा बस्ने तेजु सदाको श्रीमती सुनिता देबि सदा लेनदेन बिगो मुद्दामा सम्मानित सप्तरी जिल्ला अदालतको मिति २०७७।०९।२४ गतेको फैसलाले दोषि ठहर भई छ(६) महिना कैद भएकोले सम्मानित सप्तरी जिल्ला अदालतको पक्राउ आदेशानुसार पक्राउ गरी तालुक ईप्रका कंचनपुर सप्तरी पठाईएको ।
२. धनुषा, मिति २०७९/१० /२२ गते, जिल्ला धनुषाका विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादीलाई खोजतलासको क्रममा फरक-फरक स्थानबाट नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई सम्मानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको ।
३. सर्लाही,मिति २०७९।१०।२२ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीले फैसला कार्यान्वयन गर्न फरार रहेका विभिन्न मुद्दाका ३१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत सर्लाही, मलंगवामा पेश गरेको ।