गोदाम शिलबन्दी गरे सम्बन्धी।
२०७९-१०-२३
- A
- A-
- A+

रौतहट, मिति २०७९।१०।२२ गते अं. १७:३० बजेको समयमा जिल्ला रौतहट गौर न.पा. ५ स्थित ऐ. बस्ने बिष्णु मिश्राको घरमा ऐ. ८ बस्ने हरेराम साह र ऐ. बस्ने नन्दलाल साह समेतले संचालन गर्दै आएको नन्दलाल चामल चिउरा भुजा पसलको गोदाम घरमा भारतबाट भन्सार छलि अवैध रुपमा ल्याई स्टोर गरि राखिएको बिभिन्न ब्राण्डको चामलहरु रहेको भन्ने सुचनाको आधारमा जि.प्र.का.रौतहटबाट प्रहरी टोलि खटि गई तालुक जिल्ला प्रशासन कार्यालय, गौर न.पा. को कार्यालय, भन्सार कार्यालय, कर कार्यालय लगाएतका प्रतिनिधिहरु समेतको रोहबरमा कानुन बामोजिम रित पुर्याई २८७ बोरा चामल फेला पारी बरामद गारि उक्त गोदाम घरलाई शिलबन्दी गरि राखिएको र आन्तरिक राजस्व कार्यालय पथलैया बारा सँग समन्वय गरि थप अनुसन्धान कार्य भैरहेको ।