फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-२४
- A
- A-
- A+

१. सप्तरी, मिति २०७९/१०/१३ गते, कुटपिट अंगभङ , ज्यान मार्ने उधोग मुद्धाका र जरिवाना रु.६,७५०/- तिर्न बाँकि रहेका १४ जना फरार प्रतिवादीलाई खोजतलासको क्रममा फरक-फरक स्थानबाट नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई सम्मानित सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको ।
२. धनुषा, मिति २०७९/१० /२३ गते, कुटपिट, जालसाजी, चोरी मुद्धाका ७ जना फरार प्रतिवादीलाई खोजतलासको क्रममा फरक-फरक स्थानबाट नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई सम्मानित जिल्ला अदालत धनुषामा उपस्थित गराइएको ।
३. सर्लाही,मिति २०७९।१०।२३ गते जि.प्र.का.सर्लाही मातहतका कार्यालयहरुले फैसला कार्यन्वयन गर्न फरार रहेका कुटपिट, कर्तव्य ज्यान, कुटपिट लुटपिट, र किर्ते मुद्धाका १८ जना फरार प्रतिवादीहरु लाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत मलंगवामा पेश गरेको ।
४. पर्सा, मिति २०७९/१०/२३ गते, वन, कुटपिट, जालसाजी, चोरी मुद्धाका र जरिवाना रु.८५०.६६/- तिर्न बाँकि रहेका ११ जना फरार प्रतिवादीलाई खोजतलासको क्रममा फरक-फरक स्थानबाट नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई सम्मानित जिल्ला अदालत पर्सामा उपस्थित गराइएको ।