हराएका बालबालिकाहरुको भारतबाट उद्वार गरी आफन्तको जिम्मा लगाईएको
२०७९-१०-२६
- A
- A-
- A+
सिरहा,मिति २०७९।१०।२२ गते अं. ०९:३० बजेको समयमा जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. ६ बसबिट्टा बस्ने मो. रजाक मंसुरको छोरा अं. वर्ष १४ की नुडी खातुन लिटिल स्टार स्कुल सिरहाको कक्षा ८ मा अध्यनरत र ऐ.ऐ. बस्ने मो. सहिद मंसुरको छोरा अं. वर्ष १२ को मो. अरमान मंसुर सोही स्कुलको कक्षा ४ मा अध्यनरत बालबालिकाहरु स्कुल छुट्टी भए पश्चात पनि हाल सम्म घर फर्की नआएको भनी ऐ. १८:१५ बजे जिल्ला प्रहरी कार्यालय सिरहामा मौखिक जानकारी गराउना साथ तत्काल प्रहरी टोली खटी गई तिब्र रुपमा खोजतलास कार्य गरेकोमा अनुशन्धान गर्दै जाँदा निज बालबालिकाहरु देश भारत जिल्ला समस्तिपुरमा रहेको भन्ने बुझिएकोमा तत्कालै वडा प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायव निरिक्षकको कमाण्डमा टोली खटी गई भारतिय प्रहरीसंग समन्वय गरी भारतको समस्तिपुरबाट फेला पारी उनिहरुको उद्वार गरी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई निज बालबालिकाहरुको आफन्तलाई मिति २०७९।१०।२५ गते १०:०० बजे बुझाईएको ।