मो.सा.चोरी गर्ने मानिस पक्राउ ।
२०७९-१०-२६
- A
- A-
- A+
सिरहा, मिति २०७९।१०।२५ गते अं.२२:०० बजे जिल्ला सिरहा गोलबजार न.पा.७ बस्ने मुनेस्वर महतोको छोरा बसन्त महतोको नाममा दर्ता रहेको प्र.२-०१-००२ प २२७३ नं को मोटरसाईकल निजको पसल अगाडी पार्किङ गरी राखेकोमा उक्त मोटरसाईकल जिल्ला सिरहा सिरहा न.पा. २ श्रीपुर बस्ने राजिन्द्र साफिको छोरा अं बर्ष २५ को दाहुत साफीले चोरी गर्न खोज्दा स्थानियहरुले देखी नियन्त्रणमा लिइ सामान्य कुटपिट गरेको भन्ने जानकारी प्राप्त हुनसाथ तत्काल प्र.स.नि. को कमाण्डमा टोली खटिगइ चोरी गर्न खोज्ने मानिसलाइ नियन्त्रणमा लिइ ई.प्र.का.गोलबजारमा ल्याइ थप अनुसन्धान कार्य भइरहेको ।