कन्टेनर सहित चालक नियन्त्रणमा ।
२०७९-१०-२६
- A
- A-
- A+
पर्सा, मिति २०७९।१०।२५ गते अ. २१;३० बजेको समयमा जि.पर्सा बिरगंज महानगरपालिका वडा नं. २५ चण्डाल चोक स्थित ICP बाट काठमान्डौ तर्फ जादै गरेको बिभिन्न किसिमको कपडाहरु भएको ना ६ ख ४००६ को कन्टेनर र ना ६ ख ४६०८ नं. को कन्टेनरलाई प्र.चौ.सिर्सिया पर्साबाट खटिएको चेकिङ् टोलीले चेकजाँच गर्दा उक्त नं. हरुको कन्टेनरमा सिलबन्दी नगरेकोले उक्त नं. को कन्टेनर चालक जि. सर्लाही लालबन्दी न.पा. वडा नं. १६ बस्ने अ. बर्ष २६ को मदन कार्की र चालक ऐ.ऐ. बस्ने अ. बर्ष ३० को गिरीराज सुब्बालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. पर्सामा ल्याई बुझाएको ।