स्रोत नखुलेको रकम सहित २ जना मानिसहरू पक्राउ
२०७९-१०-२७
- A
- A-
- A+
पर्सा, मिति २०७९।१०।२५ गते अं.१५:३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडक खण्डमा जि.प्र.का. पर्सा तथा सशस्त्र प्रहरी वल नेपाल पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउने सवारी साधनहरू चेकजाँच गर्ने क्रममा BR05AV 6871 नम्बरको कालो रंगको होण्डा मो.सा. तथा BR05AT 8967 नम्बरको मो.सा.कालो रंगको होण्डा मो.सा.चलाइ वीरगञ्जतर्फ आउँदै गरेको मो.सा.चालक निम्न नाम, थर, वतन भएका व्यक्तिहरूले हेलमेटभित्र लुकाइ छिपाइ ल्याइएको श्रोत नखुलेको नेपाली रू.१८,००,०००/- (अठार लाख) फेला परेको हुँदा निजहरूलाई उल्लेखित नगद र उक्त नम्बरहरुको मो.सा. सहित नियन्त्रणमा लिइ जि.प्र.का. पर्सामा ल्याइ थप अनुसन्धान भैरहेको ।
निम्न:
१.अभियुक्त :- राकेश कुमार
उमेर :- २५ वर्ष
वतन :- भारत विहार जिल्ला मोतिहारी रक्सौल वडा नं.१०
बरामद :- ने.रू.१,०००/- दरका नोट-६०० थान, ने.रु. ५००/- दरका नोट-६०० थान गरी जम्मा रू.९,००,०००।- BR05AV 6871 नम्बरको कालो रंगको होण्डा ।
२.अभियुक्त :- प्रसंजित कुमार
उमेर :- २७ वर्ष
वतन :- भारत विहार जिल्ला मोतिहारी रक्सौल वडा नं.११
बरामद :- ने.रू. १०००/- दरका नोट-६०० थान, ने.रु.५००/- दरका नोट-६०० थान गरी जम्मा रू.९,००,०००।- BR05AT 8967 नम्बरको कालो रंगको होण्डा