यातायात व्यवस्था कार्यालय जनकपुरमा बिचौलियाको काम गर्ने २ जना मानिस पक्राउ
२०७९-११-०४
- A
- A-
- A+
धनुषा, मिति २०७९।१०।०३ गते अं. १३;१५ बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा. १४ स्थित रहेको यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरि रहेको छ भन्ने गोप्य सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले जिल्ला महोत्तरी लोहरपट्टी न.पा. ३ बस्ने अं. बर्ष ३३ को अनिल साह र जिल्ला महोत्तरी एकडारा गा.पा.-३ वस्ने वर्ष ३५ को विरेन्द्र साहलाई सेवा ग्राहीहरू संग तोकेको कर शुल्क भन्दा बढी रकम लिई रहेको अवस्थामा नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई थप अनुसान्धान कार्य भईरहेको ।