महिलालाई उद्धार गरी माईती नेपालको जिम्मा लगाएको
२०७९-११-०४
- A
- A-
- A+
पर्सा, मिति २०७९।११।०३ गते अं.१६;४५ बजेको समयमा जिल्ला कैलाली गोदावरी न.पा. वडा नं.६ बस्ने बिष्णु दमाईको श्रीमती वर्ष २४ की गंगा दमाईलाई भारत बिहार पुर्वी चम्पारण पलनवा थाना लक्ष्मणवा गाउँ बस्ने अं.वर्ष २४ को पिन्टु कुमारले मिति २०७९।१०।२९ गते देखी भगाई ल्याई राखेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी ईबर्वा पर्साबाट प्र.ब.ना.नि. र माईती नेपाल बिरगंजको जिल्ला संयोजक गोमा पौडेल, पिडित पक्षका मानिसहरु र पलनवा थाना र हरैया थानाका भारतीय प्रहरी सहयोगमा उद्धार गरी निज गंगा दमाईलाई आवश्यक अनुसन्धान तथा संरक्षणका लागी माईती नेपाल बिरगंज शाखाको जिम्मा लगाई पठाईएको ।