फरार प्रतिवादि नियन्त्रणमा
२०७९-११-०५
- A
- A-
- A+
१. सप्तरी, मिति २०७९।११।०४ गते अ. १६:०० बजेको समयमा जि. सप्तरी राजबिराज न.पा.१५ बस्ने भुनेश्वर भन्ने भुनाई यादवको छोरा अ. बर्ष ४० को सुनिल कुमार यादव लागु औषध मुद्धाको लगत न. (२७०८) तिन महिना कैद र रु. ५,०००।– जरिवाना र ऐ.ऐ. बस्ने दसन सर्माको छोरा अ. बर्ष ५४।५५ को पशुराम शर्मा ज्यान मार्ने उधोग मुद्धाको लगत न.(३७९९) जरिवाना कैद नखुलेको फरार प्रतिवादिहरूलाई अ.प्र.पो.तितरिगाछि सप्तरीबाट खटिएको प्रसनिको टोलिले नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागि सम्मानिय जि. अदालत सप्तरीमा बुझाएको ।
२.
धनुषा, मिति २०७९/११ /०४ गते
जिल्ला धनुषा निम्न स्थान बस्ने निम्न
मुद्दाका निम्न युनिट बाट खटिएको प्र.क.को कमाण्डमा निम्न मुद्दाका २० जना फरार
प्रतिवादीहरुलाई निम्न स्थानबाट नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई समानित
धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको
३.
सर्लाही, मिति २०७९।११।०४
गते अं.१८:३० बजेको समयमा जि.प्र.का.सर्लाही मातहत कार्यालयहरुले फैसला कार्यन्वयन
गर्न फरार रहेका निम्न मुद्धाका १० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला
अदालत मलंगवामा पेश गरेको ।
४.
बारा, मिति २०७९।११।०४ गते
अं १५;२० बजेको समयमा जि.बारा जितपुरसिमारा उ.म.न.पा.१० बेहरा बस्ने बर्ष ४७ को
राजनाथ दास लागुऔषध मुद्दाको फरार
प्रतिबादीलाई ( रु ५०० जरिवाना, ५माहिना २५ दिन कैद फैसला
भएको) ई.प्र.का.सिमरा बाराबाट खटिएको
सुचना संकलन टोलिले आफ्नै घरबाट
नियन्त्रणमा लिई राखेको ।
५.
पर्सा,मिति २०७९।११।०४ गते
अं.१५;३० बजेको समयमा जि.प्र.का.पर्सा मातहतबाट खटिएको प्रहरी टोलीले निम्न
स्थान बस्ने निम्न मुद्धाका २४ जना फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कार्वाहीको
लागी पर्सा जिल्ला अदालतमा र जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित गराएको ।