विल विजक नभएको वियर /जुस तथा अन्य पेय पदार्थ सहितको पिकप नियन्त्रणमा
२०७९-११-१५
- A
- A-
- A+
धनुषा,
मिति २०७९/११/१४ गते अं.११:३० बजेको समयमा जिल्ला धनुषा मुखियापट्टी मुसहर्निया गाउपालिका
वडा न. ३ तुलसियाही बजार स्थित गाडिमा विभिन्न किसिमको रक्सी वियर र जुस वोकी बिक्री
वितरण गरिरहेको छ भन्ने गोप्य सुराकीको आधारमा प्रहरी चौकी तुलसियाही धनुषाबाट प्रहरी
टोली खटि जाँदा सोही स्थित पछि नाम,थर वतन खुल्न आएका जिल्ला महोत्तरी जलेश्वर न.पा
वडा न. २ वस्ने वर्ष २६ को विवेक प्रसाद कोईरालाले चलाई ल्याएको ज १ च १८६१ न.को पिकअप
गाडिमा विभिन्न किसिमको वियर जुस तथा अन्य पेय पदार्थहरु वोकी बिक्री वितरण गरिरहेको
अवस्थामा फेला पारी निजलाइ रोकी उक्त गाडीमा रहेको पेय पदार्थ तथा वियर समेतको आवश्यक
कागजात माग गर्दा निजसंग सर-सामानको आवश्यक विल विजक नभएकोले सो सर-सामान र बलेरो पिकअप
गाडी सहित निज विवेक प्रसाद कोईरालालाई नियन्त्रणमा लिई गाडी सहित उक्त सरसमानहरूको अं. मुल्य रू.
२२,१६,८०९।– ( बाईस लाख सोह्र हजार आठ सय नौ ) मुल्य कायम गरि आवश्यक कार्वाहीको लागि
आन्तरिक राजश्व कार्यालय जनकपुरमा लेखि पठाईएको ।