प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

राजदेवी मन्दिरमा चोरी गर्ने मानिसहरू चोरीका समान तथा हा.ह. सहित पक्राउ

२०७९-११-२१

  • A
  • A-
  • A+
Share


धनुषा, मिति २०७९/११/१४ गते राति अं. ००;१० बजेको समयमा जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा.  वडा नं. १ रमदैया स्थित राजदेवी मन्दिरको ताला तोडी उक्त मन्दिरबाट देवीको चाँदीको मुर्ती, मुकुट अर्धवृत्त आकारको वस्तु (पाता), गिलास र सुनको मंटिका, नथिया, सिक्रि, कानको झुम्का लगायतको सुन चाँदीको सर-सामानहरू अज्ञात व्यक्तिहरुको समुहले चोरी गरी भागी फरार भएको भन्ने खबर ऐ. १४ गते बिहान ०५;०० बजेको समयमा प्राप्त हुनासाथ उक्त स्थानमा ई.प्र.का. महेन्द्रनगर र जि.प्र.का. धनुषाबाट अनुसन्धान सहितको मुचुल्का टोली खटि गई मुचुल्का कार्य सम्पन्न पश्चात अनुसन्धानको क्रममा सोही मन्दिरमा जडान भएको सि.सि.टि.भि. फुटेज तथा भिडियोहरुको सुक्ष्म विश्लेषण गरी उक्त सि.सि. टि.भि. फुटेज तथा Human Intellegence को सहायताले चोरी कार्यमा संलग्न मानिसहरूको पहिचान गरी निजहरुको खोज तलास गर्ने क्रममा मिति २०७९/११/१९ गते वेलुका २१;३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको बिशेष अनुसन्धान टोलीले जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ ठाडि स्थितबाट उक्त घटनामा संलग्न जि.धनुषा क्षिरेश्वर न.पा. वडा नं. ४ बस्ने बर्ष ३० को सरिफ मुसलमानलाई नियन्त्रणमा लिई तत्काल निजको सूचनाका आधारमा पूर्ण योजनावद्ध तवरले भारत तर्फ फरार हुन लागेको अवस्थामा धनुषा जनकनन्दनी गा.पा. वडा नं. ३ महुवा स्थित भारतीय सिमा नजिक रेल्वे ट्याकको बाटो हुँदै भारत तर्फ जाँदै गरेको अबस्थामा ऐ. २३;५० बजेको समयमा जिल्ला धनुषा क्षिरेश्वर न.पा. वडा नं. ५ महेन्द्रनगर बस्ने बर्ष ३७ को रजाक मोहमद, जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ सुन्दरपुर बस्ने बर्ष २१ को मोहमद हबगुल्ला साह, जिल्ला धनुषा कमला न.पा. वडा नं. ७ हथमुन्डा बस्ने बर्ष २२ को रमेश कुमार महतो, जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ बस्ने बर्ष २२ को नर्सुदिन साह समेतलाई मन्दिरबाट चोरी भएका निम्न सामानहरु सहित नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई उक्त घटनामा प्रयोग गरेका कटुवा पेस्तोल थाना -१ र ऐ. मा लाग्ने गोली थान-१  समेत बरामद गरी जि.प्र.का.धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको साथै निजहरूको समूहले नै जनकपुर उप.म.न.पा. १२ कुवा स्थित हनुमान मन्दिरमा समेत  चोरी गरेको भन्ने बुझिएकोमा थप अनुसन्धान कार्य भइरहेको ।

चोरी भएका सामानहरु

१)      मुर्ती सहित चाँदीको पिढी २ के.जि. बरावरको ।

२)      चाँदीको मुकुट अं.२५ तोलाको ।

३)      चाँदीको झाप अं.१ के.जि.को ।

४)      चाँदीको थाली अं.५०० ग्राम को ।

५)      चाँदीको लोटा अं.१५ तोला को ।

६)      चाँदीको घण्टि अं.१२ तोला को ।

७)      सुनको मनटिका अं.६ अनाको ।

८)      सुनको नथिया अं.१० अनाको ।

९)      सुनको सिक्रि अं.४ अनाको ।

१०)    सुनको नाकको टप अं.१ अनाको ।

११)    सुनको कानको बाली अं.६ अनाको ।

१२)    दान पेटिकामा रहेको नगद (अं.२/३ महिना देखी नखुलेको)

 

बरामद भएका सामानहरू

१)      उक्त घटनामा प्रयोग गरेका कटुवा पेस्तोल थाना -१ र ऐ. मा लाग्ने गोली थान-१,

२)      नगद ने.रु. ११,५००

३)      मोवाइल थान १३ थान,  

४)      चाँदीको मुर्तीको टुक्रा र मुकुटको टुक्रा समेत गरी अं. २ के.जी (महुअवा स्थितबाट निजहरुको साथबाट )

५)      मोहमद सरिफको घरबाट बरामद भएका सामानहरु (चरेशको थाल-७ थान, हम्मर थान-१, , कमण्डल थान-१, दविया थान-३, खुकुरी थान-१, , ह्याक्सो ब्लेड थान-१, पासपोर्ट थान-१, परीक्षा प्रबेश पत्र थान-१ )

६)      तामाको मरअंकित बस्तु थाना-१, पित्तको कसौडी थान-१, पित्तलको सानो लोटा थान-१, पित्तलको गिलास थान-१, दियो थान-१, तामाको सानो सानो गिलासहरु, फलामको छेनी थान-२, ठुलो फलाको घन-१, सलाई रिन्च-१, फलाको चारपाटे बस्तु, खुकुरी थान-१, खन्ती थान-१

घट्नामा संलग्न पक्राउ व्यक्तिहरू

१)      जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ बस्ने बर्ष ३० को सरिफ मुसलमान,

२)      जिल्ला धनुषा क्षिरेश्वर न.पा. वडा नं. ५ महेन्द्रनगर बस्ने बर्ष ३७ को रजाक मोहमद,

३)      जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ सुन्दरपुर बस्ने बर्ष २१ को मोहमद हबगुल्ला साह,

४)      जिल्ला धनुषा कमला न.पा. वडा नं. ७ हथमुन्डा बस्ने बर्ष २२ को रमेश कुमार महतो,५)      जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ बस्ने बर्ष २२ को नर्सुदिन साह,


सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-१४

१.    बारा, मिति२०८१/०१/१३ गते १६:४५ बजेको समयमा अस्थाई प्रहरी पोष्ट ईनर्वा बाराबाट खटिएको प्रहरी चेकिङ टोलीले जि. बारा जितपुरसिमरा उ.म.न.पा २४ हरपुरबाट ईनर्वासिरा तर्फ जाँदै गरेको साईकललाई रोकी चेकजाँच गर्दा साईकल पछाडी राखेको झोलामा ला.औ. गाँजा ५ कि.लो  फेला परेकोले उक्त ला.औ.गाँजा सहित साईकल चालक जि. बारा जितपुतसिमरा उ.म.न.पा. १९ बस्ने बर्ष ३३ को प्रयाग महतो नुनियालाई नियन्त्रणमा लिई ई.प्र.का. सिमरामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । पर्सा, मिति २०८१/०१/१४ गते ०९:४५ बजेको समयमा जि. पर्सा बि.म.न.पा. १६ रजतज्यन्ती चोक स्थित सडकमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले रक्सौलबाट बिरगंजतर्फ एक जना पुरुष शंकाष्पद अवस्थामा पैदल आईरहेको जि. बारा पचरौटा न.पा. ८ बाजोपट्टी टोल बस्ने लालबाबु यादवको छोरा वर्ष २२ को साहेब यादवलाई चेक जाँच गर्दा निजको साथबाट लागू औषध NITRAVET-10 लेखिएको काटिएको ७ पत्तामा जम्मा ३५ पिस ट्याब्लेट फेला परेकोले उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको व.प्र.का. बिर्तामा पठाईएको ।

बिल बिजक भन्दा बढी सामान लोड रहेको ट्याक्टर र पिकअप पक्राउ
२०८१-०१-१३

पर्सा, मिति २०८१।०१।१२ गते १७:३० बजेको समयमा विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको मालवाहक पिकअप र ट्याक्टर ICP बाट वीरगञ्जतर्फ जाँदै गरेको सूचनाको आधारमा जि.प्र.का. पर्साबाट खटिएको प्रहरी चेकिङ टोलीले जि. पर्सा बिरगंज म.न.पा. २५ अलौ स्थित सडकखण्डबाट BR05GA 9042 नम्बरको मालवाहक पिकअप र BR 22Q 7727 नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई लोड रहेको मालबस्तुहरु साथमा रहेको प्रज्ञापन पत्र, Online VCTS बिल भन्दा बढी लोड रहेको आशंका रहेकोले  BR05GA 9042 नम्बरको मालवाहक पिकअप र BR 22Q 7727 नम्बरको ट्याक्टरलाई अ.मु. रू.४०,३६,२०१।– (चालीस लाख छत्तीस हजार दुई सय एक रुपैयाँ)  बराबरको विभिन्न किसिमका कपडाहरू सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-०९

१.      पर्सा, मिति२०८१।०१।०८ गते अं.१८:०० बजेको समयमा जिल्ला पर्सा जिराभवानि गा.पा.०१ माहदेवपट्टी चोक स्थित प्रहरी चौकी महादेवपट्टी पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले भारतको भङगाहा बाट नेपाल तर्फ आउँदै गरेको स. २६ प. २१९१ नं. को मो.सा.लाई शंका लागि चेकजाँच गर्दा उक्त मो.सा. को भाईजर भित्र कपडामा राखि लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा लागुऔषध NITRAVET -10 लेखिएको टयाब्लेट १ पातामा १२ पिस र गाँजा-१ पुरीया ला.औ. सहित फेलापारी मो.सा. र मो.सा. चालक जि.पर्सा पटेर्वसुगौली गा.पा. वडा नं. ४ बस्ने अं. वर्ष ३० को बिकेश दास, सोही मो.सा.मा पछाडि सवार ऐ.ऐ. बस्ने अं. बर्ष २१ को भोला चौधरी र ऐ.ऐ. बस्ने अं. वर्ष २८ को सनि चौधरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि  ई.प्र.का. पटेर्वासुगौली पर्सामा ल्याई  थप अनुसन्धा कार्य भईरहेको ।२.      पर्सा, मिति २०८१/०१/०८ गते अं.१९:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६  रजतजयन्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट बिरगंज बजार तर्फ पैदल आउदै गरेको जिल्ला पर्सा बि.म.न.पा.वडा नं.३ आदर्शनगर टोल बस्ने ममताज महमद खानको छोरा अं.बर्ष २५ को समिर खानको शरीर चेक जाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको अगाडीको दाहिने खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट ९ पत्तामा ४५ पिस ट्याब्लेट, खुल्ला १५ पिस ट्यब्लेट र PHENARGAN ईन्जेक्शन ३ एम्पुल, NOORPHIN ईन्जेक्शन ३ एम्पुल,DIAZEPAM ईन्जेक्शन २ एम्पुल फेला परेकोमा उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी  व.प्र.का.बिर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ३.      महोत्तरी, मिति २०८१।०१।०८ गते अं. २३:१५ बजेको समयमा जिल्ला महोत्तरी मनराशिस्वा गा.पा. ४ जाउक स्थितमा ऐ.ऐ. बस्ने हरिदेव मण्डलको श्रीमती अं. वर्ष ६५ की सरस्वति देवी मण्डल मनरा बाट जाउक तर्फ जाँदै गरेको अवस्थमा अ.प्र.पोष्ट सरपल्लो,महोत्तरीबाट खटिएको गस्ति टोलिले चेकजाँच गर्ने क्रममा निजले बोकेको पलास्टिक चेकजाँच गर्दा ला.औ. गाँजा अं. ५०० ग्राम फेला परको हुदा निजलाई ला.औ. सहित नियन्त्रणमा लिई जि.प्र.का. महोत्तरी पठाईएको ।